अमेरिकी डलर र पेट्रोलियमको मुल्य बढ्दो क्रममा

एटुजेड समाचार

काठमाडौं – अमेरिकी डलर र कच्चा तेलको मूल्य निरन्तर उकालो लागको छ ।

डलरको भाउ बढेर बिहीबार १४०.१८ रुपैयाँ पुगेको छ । कच्चा तेलको मूल्य मुरबान क्रुडमा ब्यारेलको ७६ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ ।

अघिल्लो सातासम्म स्थिर रहेको अमेरिकी डलर र कच्चा तेलको भाउ फेरि बढ्न थालेको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक डलर बराबर १४०.१८ रुपैयाँ बिक्रीदर तोकेको छ । बुधबारका लागि एक डलर बराबर १३९.२१ र मंगलबार १३८.९७ रुपैयाँ थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत अन्य उदीयमान मुलुकहरूलाई थप भन्सार लगाउने चतावनी दिएपछि डलर थप मजवुत बनेको हो ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु