मकवानपुर ट्राफिक : कार्वाहीबाट एक वर्षमा दुई करोड ४१ लाख राजस्व सङ्कलन

मकवानपुर – मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा रु दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१र८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम सङ्कलन भएको हो ।

आव २०८०–८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर रु तीन करोड ६९ लाख ६७ हजार राजस्व सङ्कलन भएको थियो ।

मकवानपुरमा आव २०८१र८२ मा भएका ४०७ सवारी दुर्घटनामा  ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु