रुसमा ८.७ म्याग्निच्युटको शक्तिशाली भुकम्प

काठमाडौं – रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार स्थानीय समय अनुसार ११:२५ बजे रुसको पूर्वी तटीय क्षेत्रमा आएको हो ।

साथै ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। सुरुमा भने भूकम्पको तीव्रता ८.० म्याग्निच्युड मापन गरिएको थियो।

अन्तर्राष्टिय सञ्चारमाध्यमहरुका अनुसार रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटरको दुरिमा भूकम्प आएको हो।

स्थानीय सरकारले सुनामीको चेतावनी दिँदै सुरक्षित रहन आग्रह गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु