बारा प्रहरीले गर्यो २ क्विन्टल बढी गाँजासहित ४ जना पक्राउ

बारा – विशेष सूचनाका आधारमा बारा प्रहरीले परवानीपुर गाउँपालिका–५, बहुअरी टोल नजिक गण्डक नहर सडकखण्डमा चेकजाँच गर्दा दुई क्विन्टल भन्दा बढी  लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कलैयाका प्रहरी निरीक्षक खेम प्रसाद नेपाल र इलाका प्रहरी कार्यालय प्रसौनीका टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको “धानको भुस” बोकेको सेतो पिकअप गाडीलाई रोकेर जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारेको  प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका–४ का २८ वर्षीय चालक रवि कार्की, टिसटुङ–१२ का ४६ वर्षीय बिरबहादुर गोले, हेटौंडा उपमहानगरपालिका–१४ का २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका–७ का ३१ वर्षीय महेश तामाङ रहेका छन्।

पक्राउ परेकाहरूलाई लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु