कैलाली – “कारवाहीसँगै सचेतना र आत्मसमीक्षा पनि जरुरी हुन्छ” भन्ने सोचका साथ जिल्ला प्रहरी कार्यालय कैलालीले सचेतनामूलक भिडियोहरु देखाउने कार्यक्रम शुरु गरेको छ ।
प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाको अगुवाइमा विभिन्न मुद्दामा हिरासतमा परेका ८१ जना थुनुवाहरूलाई हिरासत कक्षमा नै सचेतनामूलक भिडियोहरू देखाउने कार्यक्रम सुरु गरिएको हो।
पहिलो पटक कैलाली हिरासतमा रहेका थुनुवाहरुलाइ कार्यालय भित्रै चेतनामूलक भिडियोहरू देखाउने कार्यक्रम शुरु गरिएको हो।
हिरासतमा रहेका प्राय थुनुवाहरु लागुऔषध ब्राउन सुगर, चरेश सहित अन्यमा पक्राउ परेकाहरु छन् ।
उनिहरुमा सकारात्मक उर्जा भर्नका लागि नैतिक शिक्षा, सामाजिक एवम् व्यवहारीक ज्ञान , कानुनी सचेतना तथा नशा, हिंसा र अपराधबाट टाढा रहने विषयमा आधारित सचेतना मुलक विभिन्न भिडियोहरू देखाउन शुरु गरिएको एस पि राणा बताउछन् ।
प्रत्येक नागरिकहरूले स्वस्थ रहेर बाच्न पाउनु उसको नैसर्गिक अधिकार हो, त्यसैले अब छिट्टै नै हिरासतमा रहेका थुनुवाहरुको स्वास्थ्य अवस्थालाई पनि मध्य नजर गरेर उनीहरुको स्वास्थ्य परीक्षण गराउने तयारी रहेको बताउदै यस्ता क्रियाकलापले उनिहरुमा सकारात्मक भावनाको बिकास हुने बिश्वास लिएको उनी बताउछन् ।


