कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीले ढेढ महिनाको अवधिमा विभिन्न घटनाहरूको अनुसन्धान र अपराध नियन्त्रणमा उल्लेखनीय प्रगति गरेको जनाएको छ । प्रहरी उपरीक्षक बाल नरसिंह राणा कार्यालय प्रमुखको रुपमा हाजिर भएर आएदेखि जिल्ला प्रहरी कार्यालय कैलालीले एकपछि अर्को सफल घटनाको अनुसन्धान र अभियुक्तहरूको गिरफ्तारीमा उच्च कार्यक्षमता देखाएको जनाइएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले २०८२ बैशाख देखि २०८३ जेष्ठ मसान्तसम्म ८२ वटा मुद्दा दर्ता गरेको छ । जसमा फरार प्रतिबादी ४२ जना, चालु मुद्दाको ४० जना पक्राउ गरिएको छ । यस मध्य केही मुद्दा अनुसन्धान प्रक्रियामा रहेका छन् ।
सोही अवधिमा ६ लाख ८७ हजार ८५३ राजस्व सकलन भएको छ । लागुऔषध ओसारपसार कार्यमा संलग्न ८५ जनालाई एकचरणमा नियन्त्रणमा लिइने काम पहिलो पटक गरिएको थियो ।
यसबाट कैलालीमा लागुऔषधको ओसारपसारमा उल्लेखनीय कमी आएको एसपी राणाले बताए । लागुऔषधमा कैलाली जिल्लालाई “जिरो” बनाउन लागिपरेको उनको भनाई छ ।
यस्तै प्रहरीले अवैध भन्सार छलि गरेर नेपाल भित्राएको खाद्यान्न, लत्ताकपडा, हार्डवेयर, जाँचपास भई निसकेको प्रज्ञापन पत्र भन्दा बढी भन्सार छलेर लुकाई छिपाई लगिरहेको ट्रकहरुबाट अवैध सामान बरामद सेमत गर्दै आएको छ ।
उनले भने, महिला र बालबालिका सम्बन्धी कार्यमा पन राम्रो सुधार भएको छ । महिला र बालबालिकाको सुरक्षा र अधिकारको संरक्षणमा पनि प्रहरी कार्यालयले महत्वपूर्ण कदम चालेको छ । यस कार्यले महिला हिंसा, बालश्रम र अन्य सामाजिक अपराधहरूको न्यूनिकरणमा मद्दत पुर्याएको छ ।
सार्वजनिक सुरक्षा र ट्राफिक व्यवस्थापनमा एसपी राणा आफै खटेर ट्राफिक नियम पालना गराईरहेको हुन्छन । सार्वजनिक सुरक्षा व्यवस्थापन र ट्राफिक नियमहरूको पालनामा कडा निगरानी राखिएको छ ।
हेल्मेटको बेल्ट नलगाएकोलाई हेल्मेट को बेल्ट लगाएर जनचेतना दिने, सर्प्राईज चेकिङ्ग मा आफै खट्ने गदछन् ।
यस्तै ४७२३ वटा सवारी साधनलाई ट्राफिक नियम उल्लंघनको कारण जरिवाना गरिएको छ । जसकारण एसपी राणा आफै सडकमा खटेर ट्राफिकको काममा राम्रो योगदान दिन सकेका थिए । साथै सवारी दुर्घटनामा कमी ल्याउने दिशामा महत्वपूर्ण भूमिका खेलेको उनले जानकारी दिए ।
उनले नागरिक सुनवाई कार्यक्रम, शैक्षिक समान वितरण, “बिवाहा बारी २० बर्ष पारी” नारा लिएर दर्जनौं कार्यक्रम गरेर समाजमा राम्रो काम गरेका छन। कैलाली जिल्लामा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको सुरक्षामा पनि प्रहरीको निकै राम्रो सक्रियता देखिएको छ। एसपी राणा आफै खटेर शान्ति सुब्यवस्था विवाद रहित बनाउन सफल भएको छ ।सद्भाव र सहकार्यको वातावरण निर्माण गर्न एसपी राणाको भुमिकाले कहिँ कतै पनि चुक्न सकेको छैन ।
सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ’ प्रमुख एसपी राणाले भने, ‘सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएर काम गर्छौ ।


