निर्मल लामा स्मृति प्रतिष्ठान नेपालको चितवन शाखा गठन

चितवन – निर्मल लामा स्मृति प्रतिष्ठान नेपालको बिहीबार भरतपुरमा सम्पन्न जिल्ला भेलाले चितवन शाखा गठन गरेको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टी कार्यालयमा सम्पन्न भेलाले अरुण पीडित भण्डारीको संयोजकत्वमा चितवन शाखा गठन गरेको हो ।

प्रतिष्ठानको जिल्ला सदस्यहरुमा गोपीलाल देवकोटा, नेत्रनाथ आले, ज्ञानकुमार श्रेष्ठ, भद्रबहादुर कुँवर, वासुदेव चापागाईं, रामेश्वर पोख्रेल, दुर्गा केसी रायमाझी र सन्देश घलान छन् । कार्य समितिको आगामी बैठकले दुई जना सदस्य थप गर्ने बताइएको छ ।

भेलाले संस्थाको विधान बमोजिम आवश्यक प्रकृया पूरा गरी जिल्ला प्रशासन कार्यालय भरतपुर, चितवनमा संस्था दर्ता गर्ने निर्णयसमेत गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य चित्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला भेलालाई केन्द्रीय सदस्य ईश्वरी भट्टराईले संचालन गरेका थिए । बागमती प्रदेश सभा सदस्य ठाकुर ढकालले स्वागत मन्तव्य व्यक्त गरेको उक्त भेलालाई माओवादी केन्द्रका जिल्ला ईन्चार्ज घनश्याम दाहाल अविनाश, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी आरसीलगायत नेताहरुले सम्बोधन गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु