केदारनाथ जाँदै गरेको हेलिकप्टर सडकमा आपतकालीन अवतरण, यात्रुहरु सबै सुरक्षित

केदारनाथ – शनिबार भारतको सिरसीबाट केदारनाथतर्फ उडेको एक हेलिकप्टर प्राविधिक समस्याका कारण रुद्रप्रयागको सडकमा आपतकालीन अवतरण गर्न बाध्य भयो। हेलिकप्टरमा सवार पाँचजना यात्री र पाइलट सबैजना सुरक्षित रहेका छन्।

अवतरणका क्रममा हेलिकप्टरको पछाडिको भाग (टेल रोर्टर) मा क्षति पुगेको छ भने सडकमा पार्क गरिएको गाडीमा पनि ठक्करले क्षति पुर्‍याएको छ।

दुर्घटनाको जानकारी पाउने बित्तिकै नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान प्रक्रिया सुरु गरेको छ।

यो चारधाम मार्गमा पछिल्लो ३० दिनमा भएको चौथो हेलिकप्टर दुर्घटना हो, जसले सुरक्षा व्यवस्थाबारे थप प्रश्न उठाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु