विवाहित पुरुषको लामो हुन्छ आयु

काठमाडौँ — अविवाहितको तुलनामा विवाहित पुरुषको आयु लामो हुने एक अध्ययनमा पाइएको छ । केही समयअघि क्यानडामा गरिएको अध्ययनमा अविवाहितको तुलनामा विवाहित पुरुषको आयु लामो हुनुका साथै जीवन पनि गुणस्तरीय बन्ने गरेको निष्कर्ष निकालिएको छ । विना जीवनसाथीका पुरुषको तुलनामा विवाहित पुरुष बढी जिम्मेवार र सफल भएको अध्ययनमा दाबी गरिएको छ ।

अध्ययनमा महिला र पुरुषको आयुमा विवाहको असर अलग अलग हुने बताइएको छ । जहाँ विवाहित पुरुषको उमेर अविवाहित पुरुषको तुलनामा विस्तारै विस्तारै बढ्छ । महिलाको तुलनामा भने यो स्थिति केही फरक छ ।

यो अध्ययन क्यानडाका पाको उमेरका मानिसहरुमा आधारित छ । जहाँ ४५ देखि ८५ वर्षसम्मका मानिसहरुको स्वास्थ्य र जीवनशैलीलाई २० वर्षसम्म ट्रयाक गरिएको थियो । विवाहित हुनु र नहुनुले उनीहरुको स्वास्थ्य र उमेर बढ्ने प्रक्रियामा कस्तो असर पर्छ भन्ने विषयमा अध्ययन गरिएको थियो ।

अध्ययनमा विवाहित जीवनमा पुरुष र महिलाका लागि अलग अलग असर पर्ने देखिएको छ । विवाहले उमेर बढाउने मात्र नभई मानसिक, शारिरीक र भावनात्मक रुपमा पनि सकारात्मक प्रभाव पार्ने पाइएको छ ।

जीवनसाथीसँग रहने पुरुष लामो उमेर बाँच्छन् । यसको ठ्याक्कै विपरीत विवाहित महिलामा उमेर बढ्ने अनुभव अविवाहित महिलाभन्दा भिन्न छैन । अध्ययन अनुसार डीभोर्सी या विधवा महिलाको उमेर बढ्ने प्रक्रिया अविवाहित महिलाको तुलनामा बढी कठिन हुन्छ ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु