युक्रेन र रुस युद्धबन्दी साटासाट गर्न सहमत

इस्तानबुल – इस्तानबुलमा जारी रुस- युक्रेन वार्तामा युद्धविराममा कुनै सहमति नभए पनि दुवै देश युद्धबन्दीहरु साटासाट गर्ने विषयमा सहमत भएका छन् । गार्डियनले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले दुबै पक्षले १,०००/१,००० युद्धकैदीहरू साट्ने सहमति गरेको र थप २०० युद्धकैदीहरू साटासाट गर्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

राष्ट्रपति जेलेन्स्कीले मारिएका सैनिकहरूको शव फिर्ता गर्ने विषयमा पनि सहमति भएको जनाएका छन्, तर यसका लागि सोचविचार गरेर आवश्यक तयारी गर्नुपर्ने उल्लेख गरेका छन् । अलजजिराले भने ६ हजार सैनिकहरुको शव फिर्ता गर्ने विषयमा समेत सहमति जुटेको बताएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले युक्रेनी प्रतिनिधिले करिब अपहरण गरिएका करिब ४०० युक्रेनी बालबालिकाहरूको सूची रूसी पक्षलाई बुझाएका थिए । तर रूसी पक्षले तीमध्ये १० जना मात्र फर्काउने प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।

यसअघि वार्तामा सहभागी युक्रेनी प्रतिनिधिले मस्कोमाथि विनाशर्त युद्धविरामको माग निरन्तर अस्वीकार गरिरहेको आरोप लगाएको थियो । यसपटकको वार्तामा भने कीभले प्रगति हासिल गर्नका लागि जुन महिनाको अन्त्यसम्म अर्को बैठक गर्न प्रस्ताव गरेको प्रतिनिधिमण्डलले जनाएको छ ।

युक्रेनले आर्कटिक र साइबेरियासहितका चारवटा एयरफिल्डमा रहेका ४१ रुसी सेनाका विमान ध्वस्त पारेको पृष्ठभूमिमा यो वार्ता भएको थियो । वार्तामा सहभागी नभएका जेलेन्स्की लिथुआनिया भ्रमणमा छन् । उनले त्यहाँ यदि रूसले युद्धविराममा सहमति नगरेमा कडा प्रतिबन्ध लगाउन आह्वान गरे।झन्डै ३ वर्षको द्वन्द्वपछि रुस र युक्रेनबीच ‘फेस टु फेस’ वार्ता सुरु भएको हो । तुर्कियेको राजधानी इस्तानबुलमा रुस र युक्रेनका अधिकारीहरू यसअघि एक चरण शान्ति वार्तामा बसिसकेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु