जिल्ला प्रशासन कार्यालय चितवनमा नागरिकताभन्दा पासपोर्ट बनाउनेको भिड धेरै

चितवन – राष्ट्रिय परिचयपत्र बनाउने ठाउँमा थामीनसक्नु भिड, नागरिकता र पासपोर्ट बनाउने ठाउँमा पनि उस्तै भिड । जिल्ला प्रशासन कार्यालय भरतपुर, चितवनमा हिजोआज सेवाग्राहीको भिड बढेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय पुग्दा यो भिडमा नागरिकताभन्दा पासपोर्ट बनाउनेको संख्या धेरै पाइयो ।

नेपालको अठहत्तरौँ जिल्लाको उपमा पाएको चितवन जिल्ला जनघनत्व बढी भएका जिल्लाहरुमा पर्छ । त्यसैले पनि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढी हुने गर्छ । चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रकाश पौडेल आफू चितवन सरुवा भएर आएको विगत सात महिनामा दिनहुँ थामीनसक्नु भिड हुने गरेको बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय भरतपुर, चितवन

 

 

Forbes

 

 

 

बाट दैनिक एक हजार जनाभन्दा बढीले सेवा लिइरहेको प्रजिअ पौडेलले जानकारी दिए । ‘सबैभन्दा धेरै भिड राष्ट्रिय परिचयपत्र बनाउने र लिने ठाउँमा हुन्छ’ उनले भने, ‘दैनिक करिब चार सय जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउँछन् भने दुई सय जना जतिले परिचयपत्र लिने गरेका छन् ।’

राष्ट्रिय परिचयपत्र बनाउने र लिने ठाउँपछि धेरै भिड क्रमश: राहदानी (पासपोर्ट) र नागरिकता फाँटमा हुने गरेको प्रजिअ पौडेल बताउँछन् । ‘दैनिक करिब दुई सयदेखि दुई सय २५ जनाले राहदानी बनाउने गरेका छन्’ उनले भने, ‘नागरिकता बनाउनेको संख्या दैनिक एक सय ५० देखि एक सय ७० रहेको छ ।’ यसबाहेक दैनिक सय जना जति अन्य सेवाग्राहीले सेवा लिने गरेको उनको भनाइ छ ।

बिहान दस बजेदेखि कार्यालय खुल्ने भए पनि सेवाग्राहीहरु बिहान नौ बजेदेखि नै पालोको टोकन लिन लाइन लाग्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय छिर्नेबित्तिकै नागरिक सहायता कक्षदेखि सोधपुछ कक्षसम्म भिडभाड हुने गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु