काभ्रे – जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले सम्हालेका छन् । सोमबार बिहान कार्यालयमा पुगेर एसपी शाहले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् । प्रहरी प्रधान कार्यालयले सरुवा गरेको केहि दिन पछाडि एसपी शाहले प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेमा हाजिर भएका एसपी शाहलाई प्रहरी नायब उपरीक्षक मिन बहादुर घले, प्रहरी निरीक्षक दिनेश कुवर सहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।
जिल्लाको कमाण्ड सम्हाल्दै एसपी शाहले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई निर्देशन दिएका छन् । यसअघि काभ्रेको कमाण्ड एसपी बसुन्धरा खले सम्हालेका थिए ।



