मदिराको अवैध उत्पादन नियन्त्रणबारे बारामा छलफल

बारा – जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा अवैध मदिरा उत्पादन नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सिम्रौनगढ नगरपालिका–८, कचोर्वा पुरानो चौकमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ थिए भने प्रमुख नायब उपरीक्षक बिजयराज पण्डित विशिष्ट अतिथिका रूपमा कार्यक्रममा सहभागी भए।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, संचारकर्मीहरू, स्थानीय भद्रभलाद्मीहरूसहित करिब १५० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य सिम्रौनगढ क्षेत्रका बासिन्दाहरूमा अवैध रूपमा मदिरा उत्पादन तथा बिक्री वितरणको जोखिम, त्यसले निम्त्याउने स्वास्थ्य समस्या, समाजिक विकृति र कानुनी दायित्वबारे जनचेतना फैलाउनु रहेको थियो।

प्रमुख अतिथि तामाङले कार्यक्रममा बोल्दै भने, “अवैध मदिरा उत्पादन न केवल गैरकानुनी कार्य हो, यो समाजमा स्वास्थ्य संकट र आपराधिक गतिविधिको कारणसमेत बन्न सक्छ। यसप्रति सबै सचेत हुन जरुरी छ।”

कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई सुरक्षित, जिम्मेवार र कानुनसम्मत व्यवहारमा जोड दिँदै स्थानीय तह र सुरक्षाकर्मीबीच सहकार्य गरी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरियो।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु