धनुषा – जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाद्वारा प्रहरी निरीक्षक हरिबहादुर वलीको उच्च कार्यको मुल्यांकन गर्दै प्रशंसा-पत्रसहित बिदाई गरिएको छ।
निरीक्षक वलीले २०८१ जेठ २ गतेदेखि २०८२ बैशाख १७ गतेसम्म निरीक्षकको रूपमा सेवा गर्दै गर्दा ट्राफिकमा मात्र नभैइ अवैध निकासी-पैठारी, लागुऔषध ओसारपसार, मानव तस्करी लगायत सीमापार अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
न्यून जनशक्तिका बाबजुद पनि जनकपुरधाम बजार क्षेत्रमा भएको ट्राफिक ब्यवस्थापन कार्यान्वयन गरिराखेर अगाडी बढिरहे’ ट्राफिक प्रमुख हरि वलीले भने, ‘बिस्तारै जनशक्ति व्यवस्थापन पनि होला ।’ ट्राफिक सचेतनाका लागि विभिन्न अभियानहरु जारी राखेकाले दुर्घटना न्यूनीकरण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी निरीक्षक वलीले बताए ।
उनको नेतृत्व क्षमता, समन्वयात्मक भूमिका, र सीमाक्षेत्रमा तस्करी नियन्त्रणमा गरेको ऐतिहासिक योगदानलाई उच्च मुल्याङ्कन गर्दै संघ संस्थाले प्रशंसा-पत्र प्रदान गरेका छन । नागरिकहरुलाई ट्राफिक सम्बन्धी थप जनचेतना जगाउने, अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गराउने, यातायात र यात्रुको निश्चित मापदण्ड बनाई कार्यान्वयन गर्ने र सवारी आवगमनलाई चुस्त र दुरुस्त बनाउन सफल भएका छन् ।
निरीक्षक वलीले १२ महिनाको कार्यकालमा करिब ६ करोड ९४ लाख ५०१ रुपैयाँ नियन्त्रणमा ऐतिहासिक उपलब्धि हासिल गरेका थिए। यो सिङ्गो देशलाई धनुषा बाट एति राजस्व संकलन गरेर आफुले आफुलाई स्थापित गराउन सफल भए। निरीक्षक वली आए देखि ट्राफिक मा थुप्रैपटक कार्यक्रम तथा सचेतना कार्यक्रम अभिबृदी पनि भएको थियो। कोठामा नबसि तल्लो दर्जा का कर्मचारी संगै ड्युटी गरेर बसिरहेका हुन्थे ।सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी धनुषा क्षेत्रमा उच्च निगरानी बढाएर काम गरेर देखाए ।उनले ट्राफिक ब्यवस्थापनलाई लगभग पुरै सुधार गरेर बनाउँदै धनुषा ट्राफिक प्रहरीको कार्यक्षमताको उच्च उदाहरण प्रस्तुत गरेका थिए।


