बाराका एसपी तामाङको नेतृत्वमा अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय सुधार

बारा – जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङको नेतृत्वमा जिल्लाको समग्र सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय सुधार गरेको छ । छिमेकी मुलुक भारतसँग जोडिएको बारा जिल्लाको अधिकांश नाकाहरु सुरक्षाको तबरले आफैंमा संवेदनशील जिल्ला पनि हो । त्यसैले बारामा चुनौतीसँगै काम गर्नुपर्ने बाध्यता निकै मानिन्छ ।

माघ १८ गतेबाट कार्यभार सम्हालेका एसपी तामाङले ७६ जना फरार अभियुक्तलाइ पक्राउ गरेको छ । उनीहरूबाट १७ लाख ९९ हजार ८ सय रुपैयाँ बराबरको जरिवाना असुली गरिएको प्रहरीले जनाएको छ । यसैगरी उनि आएदेखी अपराध अनुसन्धान शाखामा २९९ मुद्दा दर्ता भएका छन् । जसमध्ये १ सय २४ वटा मुद्दा सफलतापूर्वक फर्छ्यौट गरिएका छन् भने १७५ मुद्दा अझै प्रक्रियामा रहेका छन् । लागुऔषधसम्बन्धी ४१ मुद्दामध्ये ४ वटा फर्छ्यौट गरिएको छ । उनले बारा जिल्लाको कमाण्ड सम्हालेको चार महिना मात्र पुगेको छ । नेपाल प्रहरी संगठनकै साख जोगाउन तल्लीन एसपी तामाङले बारा जिल्लाको कमाण्ड सम्हालेपछी सो जिल्लाका जनताहरुले शान्ति सुरक्षाको अनुभव गरेकै बुझिएको छ ।

उनी आएदेखि प्रहरीले ११ क्विन्टल ९ किलो ६२१ ग्राम गाँजा, ४५ किलो ५७१ ग्राम अफिम, ३२८.९ मि.ग्रा. ब्राउन सुगर र ११ किलो ६८० ग्राम चरेश बरामद गरेको छ । भने, लागुऔषध सम्बन्धी गतिविधिमा संलग्न ५९ जना (५६ पुरुष र ३ महिला) पक्राउ गरेकाे छ ।

एसपी तामाङको निर्देशनमा बारामा सञ्चालन गरिएको निगरानी र छड्के अभियानमार्फत ६ करोड ५ लाख १४ हजार ६७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला गरिएको छ । जसकारण छोटै समयमा बारा जिल्लाका स्थानीयहरुका मन-मनमा बस्न सफल भएका छन् एसपी तामाङ ।

जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख रहेका एसपी तामाङ प्रहरी संगठनमा खरो स्वभावका अधिकृत हुन् । निडर र साहसिक क्षमताका तामाङ जहाँ कार्यरत रहँदा पनि संगठनको लागि काम गर्ने अधिकृतको रुपमा चिनिन्छन् ।

Forbes

विगत ३ महिनादेखि जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख छन् प्रहरी उपरीक्षक (एसपी) तामाङ। उनले कमाण्ड सम्हालेसँगै समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धानमा बारा प्रहरी कहिँकतै चुकेको छैन । जिल्लाको कमान्ड सम्हाले सङै एसपी तामाङले अपराध तथा तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा प्रहरीले अहम् भूमिका खेलिरहेको छ । विभिन्न अवैध कारोबारीबाटै सीमा क्षेत्रमा आपराधिक कार्य हुने गरेको भन्दै बारा प्रहरी तस्करी नियन्त्रणमा केन्द्रित भएको हो।

एसपी तामाङ बारा आएपछि सशस्त्र प्रहरीले गर्नुपर्ने काम नेपाल प्रहरीले समेत गर्दै आएको छ । जसकारण तस्करीमा कडाइ भएको छ । ‘एसपी साबले बारामा तस्करी नियन्त्रण तथा रोकथाम अभियानमा आक्रमण बनेपछि उनीहरूको व्यवसायी चौपट हुन पुगेको छ’ एक प्रहरी अधिकृत भन्छन्, ‘बाराका ठुला तस्करहरुले फेरि पहिला जस्तै तस्करी गर्न पाउन भनी एसपी साबलाई नराम्रो मात्र बनाउन खोजिएको हो ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु