भरतपुरमा ह्विलचेयर निर्माण अनुसन्धान, विकास र ह्विलचेयर मर्मत केन्द्रको स्थापना तथा शुभारम्भ

चितवन – भरतपुरमा राष्ट्रिय स्तरको आवश्यकता अनुरुप ह्विलचेयर निर्माण अनुसन्धान, विकास र ह्विलचेयर मर्मत केन्द्रको स्थापना तथा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । आज (शुक्रबार) भरतपुर १० स्थित नारायणी बहुप्राविधिक शिक्षालयको सभाहलमा ह्विलचेयर केन्द्रको स्थापना तथा शुभारम्भ कार्यक्रम सम्पन्न भएको हो ।

इन्फिनिटी ल्याब आर एण्ड डी नेपालको आयोजना तथा नारायणी बहुप्राविधिक शिक्षालयको सह-आयोजनामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १०, अपाङ् समाज चितवन, अटिजम केयर चितवन सोसाईटी र फ्री ह्विलचेयर डोनेट एण्ड रिपेयर सोसाईटिको सहकार्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल रहेका थिए । उनले स्वदेशमै बसेर व्यवसायसँगै सामाजिक कार्य गर्ने उदेश्यले भरतपुरको वडा नम्बर १० मा स्थापना भएको यस इन्फिनिटी ल्याबको सफलताको शुभकामना व्यक्त गरे ।

इन्फिनिटी ल्याबले ह्विलचेयर निर्माण, अनुसन्धान पनि गर्ने हुनाले यसलाई स्थापित गर्नका लागि स्थानिय स्तरदेखी राज्यले पनि सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्दै आफ्नो वडाले के गर्नुपर्छ त्यसका लागि ल्याबसँग सहकार्य र समन्व्य गरी काम गर्ने प्रतिबद्द्ता व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रमका विशिस्ट अतिथी भरतपुर महानगरपालिका, कार्यपालिका सदस्य गोपाल दराईले इन्फिनिटी ल्याब शारिरिक आशक्त भएका व्यक्तिहरुका लागि भगवानरुपी मार्गदर्शनका रुपमा उभिएको बताए ।

Forbes

बषौं देखी बाहिर निस्किएर केही काम गर्न चाहने व्यक्तिहरुका लागि अभिभावकत्व लिएर अगाडि बढीरहेको ल्याबलाई देशको कुना कुनामा पुर्‍याउनुपर्ने उनको भनाई थियो ।

कार्यक्रम नारायणी बहुप्राविधिक शिक्षालयका प्राचार्य सरिता रेग्मीको अध्यक्षतामा सम्पन भएको थियो । उनले अपाङ्ता भएको क्षेत्रमा के कसरी काम गर्न सकिन्छ भन्ने उदेश्यले बिगत ३ बर्षदेखी इन्फिनिटी ल्याबसँग सहकार्य गरी काम गर्दै आएको बताइन् ।

यस बिद्यालयमा उत्पादन भएका विद्यार्थीहरु, परिक्षार्थीहरुलाई आवश्यक अनुसार ह्विलचेयर निर्माण अनुसन्धान, ह्विलचेयर रिपेयरका कामहरुमा सहकार्य भईरहेको बताईन् ।

No description available.

कार्यक्रममा इन्फिनिटी ल्याब आर एण्ड डी नेपालका संस्थापक एवम् डिजाइन इन्जिनियर सुनिल परियारले इन्फिनिटी ल्याबको परिचय, ल्याबले गरेका काम र भावी योजनाका बारेमा प्रस्तुतिकरण राखेका थिए ।

कार्यक्रमका अतिथी एवम् फ्री ह्विलचेयर डोनेट एण्ड रिपेयर सोसाईटिका अध्यक्ष आनन्द राज राउतले ह्विलचेयरको साहारामा हिडडुल गर्ने व्यक्तिहरुलाई ह्विलचेयर बिग्रिदा कहाँ बनाउन जाने भन्ने विभिन्न समस्याका कारण घरमा थन्काउनु पर्ने जुन बाध्यता थियो अब भने त्यसको अन्त्य भएको बताए । उनले नेपालमा उत्पादन भएका ह्विलचेयर प्रयोग गर्दा लाखौं करडौ पैसा स्वदेशमै रहने हुँदा स्वदेशी सामाग्रीको प्रयोग गर्नुपर्ने बताए ।

यस्तै इन्फिनिटी ल्याबबाट उत्पादन भएको ह्विलचेयर प्रयोग गरी नेपाल आईडलमा पुगेका संगितकर्मी जीवन घनालले म्युजिक प्रस्तुत गरेका थिए भने ह्विलचेयर प्रयोगकर्ता एवम् भरतपुर अस्पतालका फिजियोथेरापिष्ट समिर श्रेष्ठले ह्विलचेयर प्रयोग गर्दाको अनुभव, समस्या, जीवनको संघर्षको बारेमा कथा प्रस्तुत गरेका थिए ।

यस्तै इन्फिनिटी ल्याबको तर्फबाट अटिजम केयर चितवन सोसाईटी, अपाङ्ग समाज चितवन र भरतपुर महानगरपालिका वडा नम्बर १० सँग स्थानिय तहमा पहुँचयुक्त वातावरण तथा पुर्वाधार निर्माण र आवश्यकता आधारित अनुसन्धान तथा प्रविधी विकासका लागि सम्झौता भएको छ ।

नारायणी बहुप्राविधिक शिक्षालयका लेखा तथा प्रशासन प्रमुख बिष्णु घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा अटिजम केयर चितवन सोसाईटीका अध्यक्ष सुनिल चन्द्र शर्मा, अपाङ्ग समाज चितवनका अध्यक्ष होमनाथ अधिकारिले स्वागत मत्व्य व्यक्त गरेका थिए भने कार्यक्रमको समन्वय धवराज गिरिले गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु