अक्षर समूहको अधिवेशनमा `गल्ली संसार´ को परिचर्चा

गैंडाकोट – अक्षर समूह चितवनको आयोजनामा रोशन शेरचनको `गल्ली संसार´ निबन्धसङ्ग्रहको परिचर्चा कार्यक्रम गरिएको छ ।

समूहको सातौं अधिवेशनका क्रममा मङ्गलबार गैंडाकोटस्थित द नारायणी रिसोर्टमा आयोजित परिचर्चा कार्यक्रममा उदय अधिकारी, नरेन्द्र कँडेल, रञ्जना लामिछाने र डाक्टर एकनारायण पौड्यालले गल्ली संसार निबन्धसङ्ग्रहको समीक्षात्मक टिप्पणी राखेका थिए ।

टिप्पणी राख्दै प्राध्यापक नरेन्द्र कँडेलले साँघुरो गल्लीबाट संसार चियाउने भावका निबन्धहरू सङ्ग्रहमा भएको बताए । त्यसैगरी बालकुमारी कलेजकी प्राध्यापक रञ्जना लामिछानेले गल्ली संसार निबन्धकारको इमानदारी लेखन भएको बताइन् ।

`निबन्धकारले ईमानदार भएर लेख्नुभएको छ । वातावरण, प्रकृति संरक्षण र पर्यावरणका क्षेत्रमा निबन्धमार्फत उहाँले खेलेको भूमिका महत्त्वपूर्ण छ´, लामिछानेले भनिन् – `भोलिका पाठकले निर्धक्क खोजेर पढिने लेखक हुन् रोशन शेरचन ।´

कार्यक्रममा एलबी क्षेत्रीले शुभकामना मन्तव्य राख्दै शेरचनका निबन्धहरू पठनीय भएको बताए । समूहका अध्यक्ष रमेश प्रभातले आफ्नो दुई वर्षे कार्यकालमा गरिएका २८ वटा कार्यक्रमको चिनारी प्रस्तुत गरेका थिए ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु