चितवन – छत्तिसौँ जनआन्दोलन दिवसको अवसरमा भोलि भरतपुरमा प्रतिगमन, भ्रष्टाचार र बेथितिविरुद्ध ‘युथ रेस’ आयोजना हुँदैछ । वाइसिएल चितवन, अखिल (क्रान्तिकारी) चितवन, अखिल नेपाल ट्रेड युनियन महासंघ, चितवन र अखिल नेपाल खेलकुद महासंघ, चितवनको संयुक्त आयोजनामा ‘युथ रेस’ हुन लागेको हो ।
युथ रेस बिहान सात बजे गोन्द्राङबाट सुरु भई हाकिमचोक, चौबिसकोठी, लायन्सचोक, सहिदचोकहुँदै पुल्चोकसम्म पुग्ने वाइसिएल चितवनका सचिव पिङ्गलराज पन्तले जानकारी दिए । उनले युथ रेसमा जोसुकै सहभागी हुन सक्ने भन्दै सहभागिताको लागि आह्वान पनि गरे ।
‘युवा शक्ति, परिवर्तनको मूल आधार’ भन्ने नारासहित हुन गइरहेको युथ रेसको समापन चौबिसकोठीमा कोणसभा गरेर हुने नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समितिका अध्यक्ष ईश्वर सापकोटा सुमनले जानकारी दिए । उक्त कोणसभामा माओवादी केन्द्रका सबै जनवर्गीय संगठनका प्रमुखहरुले सम्बोधन गर्ने उनले बताए ।


