भरतपुरमा हुँदैछ ‘क्यान बिटुसी समिट चितवन २०८१’

चितवन – कम्युटर एसोसिएसन नेपाल महासंघ, जिल्ला शाखा चितवनको आयोजनामा भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा शुक्रबार र शनिबार ‘क्यान बिटुसी समिट चितवन २०८१’ हुँदैछ । आयोजक संस्था क्यान चितवनले बिहीबार सोही रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरी समिटबारे जानकारी गराएको हो ।

क्यान चितवनका अध्यक्ष विष्णुप्रसाद लामिछानेले ‘चितवनको समृद्धि सूचना प्रविधि’ भन्ने मूल ध्येय राखेर समिटको आयोजना गरिएको बताए । उनले समिटमा व्यवसायी र संस्थागत उपभोक्ता (बिटुसी) एवं व्यवसायी र व्यवसायी (बिटुबी) कुराकानी हुने जानकारी दिए । उनले समिटमा सूचना प्रविधिको प्रदर्शनी र सहभागी व्यावसायिक कम्पनीहरुको प्रस्तुतिसमेत रहने बताए ।

क्यान चितवनका पूर्वअध्यक्ष भानु शर्माले सूचना प्रविधिप्रति युवाहरु आकर्षित भएको बताए । ‘आइटीप्रति युवाहरु आकर्षित छन्’ उनले भने, ‘चितवनलाई आइटी हब बनाउने उद्देश्यका साथ हामीहरुले काम गरिरहेका छौँ ।’ चितवनमा क्यानमा आबद्ध व्यवसायी दुृई सय १० जना रहेको जानकारी दिँदै उनले चितवनमा कम्प्युटरको कारोबार मासिक पाँचदेखि सात करोडसम्म हुने गरेको बताए ।

क्यान चितवनका अध्यक्ष लामिछानेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष टेकलाल भुसालले धन्यवाद ज्ञापन गरेका थिए भने सचिव ई. कृष्ण पोखरेलले कार्यक्रम संचालन गरेका थिए । ‘क्यान बिटुसी समिट चितवन २०८१’ को मुख्य प्रायोजकमा होरियोन र सहायक प्रायोजकमा आइकन सफ्ट स्मार्ट रहेका छन् ।

अन्य प्रयोजकमा टेकमाइन्ड्स नेटवर्क (प्लाटिनम), क्लाउड लिङ्क एण्ड सेक्युरिटी इन्टरप्राइजेज (डायमण्ड), बेस्ट आइटी प्राइज डटकम (डायमण्ड) र सिल्भरमा एस पावर, हिक–भिजन म्याक्सिमा (एक्सपर्ट ल्यापटप सोलुसन), पिनाहक, ईगल टेक नेपाल छन् । भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवन प्रवद्र्धक रहेको उक्त समिटमा स्विफ्ट टेक्नोलोजी, यु सफ्ट र एक्सप्रेस मोबाइल सहयोगी संस्थाको रुपमा रहेका छन् । ईभी पार्टनरमा स्काइ वेल रहेको छ ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु