नागरिकको सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एसपी तामाङ

बारा – प्रहरी सेवामा प्रवेश गरेदेखि नै उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको लिस्टमा नाम कायम राख्न सफल रहेका प्रहरी अधिकृत हुन सन्तोष तामाङ । कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिएका तामाङ जहाँ गए पनि त्यहाँ आफ्नो अलग छाप बनाउँछन् ।

कमाण्ड सम्हाल्दै एसपी तामाङले जिल्लामा हुने हरेक अपराधीक कार्यमा कसैको दबाब र प्रभावमा नरही शुन्य शहनशीलतामा काम गर्ने बताएका थिए। जनताले प्रत्यक्ष अनुभुती गर्ने गरि आफुले आम नागरिकसंग जिल्ला प्रहरी प्रमुख तथा सुरक्षाका निम्ति जनतासंग प्रहरी भन्ने एक कार्यकम समेत छिट्टै सार्वजनिक गरि कार्यन्यनमा ल्याए।

‘नागरिकको सुरक्षा प्रहरीको पहिलो प्राथमिकता हो । न्याय निरुपणमा कुनै किसिमको दवाब प्रभावबाट काम हुन्न । हुने छैन ।’ एसपी तामाङले सीमा नाकामा हुने चोरी तस्करी नियन्त्रणमा सुरक्षा जाँचलाई कडाई गरिने, चोरी तस्करी हुन नदिन नियमित गस्ती गर्दै हातहतियार तस्करी, कुनै पनि किसिमका अपराध नियन्त्रणमा मनोवैज्ञानिक सुरक्षा दवाव बढाईने भनाई राखेका थिए ।

छिमेकी मुलुक भारतसँग जोडिएको बारा जिल्लाको अधिकांश नाकाहरु सुरक्षाको तबरले आफैंमा संवेदनशील जिल्ला पनि हो । त्यसैले बारामा चुनौतीसँगै काम गर्नुपर्ने बाध्यता निकै मानिन्छ ।

उनले बारा जिल्लाको कमाण्ड सम्हालेको दुई महिना मात्र पुगेको छ । नेपाल प्रहरी संगठनकै साखः जोगाउन तल्लीन एसपी तामाङले बारा जिल्लाको कमाण्ड सम्हालेपछी सो जिल्लाका जनताहरुले शान्ति सुरक्षाको अनुभव गरेकै बुझिएको छ ।

Forbes

एसपी तामाङ बारामा हाजिर भएको केही दिनमै एक बच्चा हराएपछि अन्त्यमा लास फेला परेको थियो।तर, तामाङ्गले उक्त अनुसन्धानमा हरेस खाएनन् ।

काम गर्ने सिलसिलामा अलि अलि बाधा अड्चन आउनु स्वभाविक रहेको एसपी तामाङको बुझाइ छ । एसपी तामाङ भन्छन्, ‘घटना भयो भनेर हरेस खाने होइन, त्यसलाई कसरी सुल्झाउने भन्ने पहिलो प्रश्न रहन्छ । मेरो टिमले त्यहिअनुसार काम गरेको छ र गर्छ एस्मा ढुक्क हुनुस… । ’

सोहीअनुसार काम गर्दा एसपी तामाङ्गको टिमले केही दिनभित्र सफल भयो । पहिलो सफलतामा नै एसपी तामाङको चर्चा चुलिएको हो । राजस्व चुहावटमा मतियार बनी महिनावारी उठाउने मधेशको प्रहरी प्रशासनको नियति रहेको छ । वीरगञ्जको तस्कर समूहले भन्सार विन्दुमा महंगो वस्तुको थोरै मुल्यांकन गरि राजश्व छल्ने, आधा ट्रक विल भएको आधा ट्रक विल नभएको सामान पढाई राजस्व छल्ने र नदीजन्य विलको आधारमा कपडा, मोटर पार्ट पठाउने काम गरिरहेका छन् । तर, एसपी तामाङले उनीहरुको त्यो काम सखाप पारिदिएका छन् । जसकारण छोटै समयमा बारा जिल्लाका स्थानीयहरुका मन-मनमा बस्न सफल भएका छन् एसपी तामाङ ।

जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख रहेका एसपी तामाङ प्रहरी संगठनमा खरो स्वभावका अधिकृत हुन् । निडर र साहसिक क्षमताका तामाङ जहाँ कार्यरत रहँदा पनि संगठनको लागि काम गर्ने अधिकृतको रुपमा चिनिन्छन् ।

विगत ३ महिनादेखि जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख छन् प्रहरी उपरीक्षक (एसपी) तामाङ। उनले कमाण्ड सम्हालेसँगै समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धानमा बारा प्रहरी कहिँकतै चुकेको छैन । जिल्लाको कमान्ड सम्हाले सङै एसपी तामाङले अपराध तथा तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा प्रहरीले अहम् भूमिका खेलिरहेको छ । विभिन्न अवैध कारोबारीबाटै सीमा क्षेत्रमा आपराधिक कार्य हुने गरेको भन्दै बारा प्रहरी तस्करी नियन्त्रणमा केन्द्रित भएको हो।

सरकारले मुख्यतया सिमा क्षेत्रबाट हुने तस्करी र अपराध रोक्न राखेको हो सशस्त्र प्रहरीलाई । सशस्त्र प्रहरीको काम नै कुनै पनि हालतमा सिमा क्षेत्रबाट हुने तस्करी र अपराध रोक्ने नै हो । त्यसैले त सरकारले पुर्वदेखि पश्चिमसम्म सिमा क्षेत्रमा सशस्त्र प्रहरीलाई तैनाथ गरि राखेको छ । एसपी तामाङ बारा आएपछि सशस्त्र प्रहरीले गर्नुपर्ने काम नेपाल प्रहरीले समेत गर्दै आएको छ । जसकारण तस्करीमा कडाइ भएको छ ।

‘एसपी साबले बारामा तस्करी नियन्त्रण तथा रोकथाम अभियानमा आक्रमण बनेपछि उनीहरूको व्यवसायी चौपट हुन पुगेको छ,’ एक प्रहरी अधिकृत भन्छन्, ‘बाराका ठुला तस्करहरुले फेरि पहिला जस्तै तस्करी गर्न पाउन भनी एसपी साबलाई नराम्रो मात्र बनाउन खोजिएको हो ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु