चितवनका कवि कुमाराज सुवेदी दक्षिण अष्ट्रेलियामा सम्मानित

चितवन – टेफ दक्षिण अस्ट्रेलियामा कार्यरत प्रध्यापक तथा कवि कुमाराज सुवेदीलाई एक कार्यक्रमबिच दक्षिण अस्ट्रेलिया सरकारको डिपार्टमेन्ट अफ प्रिमियर एन्ड क्याविनेट अन्तर्गत बहुसॅास्कृतिक मामिला विभागले सन् २०२४ को स्वयम्सेवक फाईनलिस्ट अवार्डबाट सम्मानित गरेको छ। समाजमा बहुसॅास्कृतिकताको प्रबर्धन र सॅास्कृतिक विविधताको महत्वलाई बुझाउन अतुलनीय भूमिका निर्बाह गर्ने नागरिकलाई एउटा स्वतन्त्र निर्णायक समूहको सल्लाहमा सम्माननीय दक्षिण अस्ट्रेलिया राज्यका गभर्नरद्वारा यो सम्मान प्रदान गरिन्छ।

बहुसॅास्कृतिक राज्य दक्षिण अस्ट्रेलियामा विंभिन्न देशबाट आएका आप्रवासीलाई उक्त राज्यमा उपलब्ध सेबाहरू प्राप्त गर्न, भाषिक क्षमता वृध्दि गर्न र राज्यमा सहजरूपमा समायोजन हुन सघाए बापत उक्त पुरस्कार दक्षिण अस्ट्रेलिया राज्यको बहुसॅास्कृतिक मामिला विभागद्वारा प्रदान गरिएको हो ।

यही मार्च ५ तारिक तदअनुसार फागुन २१ गतेका दिन एडिलेड सहरस्थित गभरमेन्ट हाउसमा एक कार्यक्रमका बिच दक्षिण अस्ट्रेलियाका गभर्नर फ्रान्सिस एडमसन एसीले उक्त अवार्ड प्रध्यापक तथा कवि कुमाराज सुवेदीलाई प्रदान गरेका हुन्।

नेपाली समुदायमा यो अवार्ड प्राप्त गर्ने सुवेदी पहिलो ब्यक्त्ति हुन्। पुरस्कार ग्रहणपछि प्रतिक्रृया ब्यक्त गर्दै सुवेदीले भने, “आफू बसेको समाजमा निस्वार्थ भावले गरेको कार्यलाई राज्यले महत्व दिएकोमा कृतज्ञ भएको छु र थप कार्य गर्न उर्जा मिलेको छ।“ टेफ दक्षिण अस्ट्रेलियामा प्राध्यापनरत कवि कुमाराज सुवेदीले पॅाच बर्षभन्दा बढी समयदेखि दक्षिण अस्ट्रेलिया राज्यमा स्वयसेवा प्रदान गर्दै आएका छन्।

नेपाली मूलका निक श्रेष्ठले उत्कृट बिजनेस समुहतर्फको अवार्ड प्राप्त गरे। उक्त कार्यक्रममा बहुसॅास्कृतिक मन्त्री जोई बेटिन्सन, चिफ जस्टिस क्रिस कौराकिस, पुलिस कमिसनर ग्रान्ट स्टेभन्स, दक्षिण अस्ट्रेलियाका नेपाली अबैतनिक कन्सुलर दिपक धमला, टेफ एस कि म्यानेजर क्लेएर डालिमोर लगायत राज्यका महत्वपूर्ण व्यक्तिहरूको उपस्थिति थियो।

Forbes

नेपालमा छॅदा पनि सुवेदी शिक्षण पेशाका अतिरिक्त स्वयम्सेवकको रूपमा कम्प्यूटर शिक्षा, महिला प्रौढ शिक्षा र पुस्तकालय निर्माण कार्यमा सम्लग्न थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु