मावि तहमा पढाउने शिक्षकबिच हाजिरीजवाफ प्रतियोगिता हुँदै

चितवन – नारायणी टुडे राष्ट्रिय मासिकले रजत वार्षिकोत्सवको अवसरमा मावि तहमा पढाउने शिक्षकहरूबिच हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नारायणी टुडेका प्रकाशक/प्रधानसम्पादक वीरेन्द्रमणि पौडेलले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् ।

प्रतियोगिता फागुन ९ गते शुक्रबार बिहान १०:३० बजे नारायणगढस्थित बालकुमारी माध्यमिक विद्यालयमा आयोजना हुनेछ ।

प्रतियोगितामा पहिलो हुने समूहले ५० हजार, दोस्रो हुने समूहले ३० हजार र तेस्रो हुने समूहले २० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

प्रत्येक समूहमा कम्तीमा एक जना शिक्षिकासहित तीन जना सहभागी रहने जानकारी दिँदै पौडेलले आइतबारदेखि बुधबारसम्म समूह दर्ता गराउन आह्वान गरेका छन् ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु