लायन्स चित्रकला प्रतियोगितामा लिटिल फ्लावरकी आश्रिया पहिलो

चितवन – नारायणगढ लायन्स क्लबको आयोजना तथा नारायणी कला मन्दिर र लियो क्लब अफ नारायणगढको सहआयोजनामा सोमबार नारायणगढमा लायन्स चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा लिटिल फ्लावरका आश्रिया श्रेष्ठ पहिलो र मानषी श्रेष्ठ दोस्रो भएका छन् । बालकुमारी इंग्लिस स्कुलकी युनिका रामदाम तेस्रो भइन् । प्रतियोगितामा सात जनालाई सान्त्वना पुरस्कार दिइएको थियो ।

सान्त्वना पुरस्कार पाउनेहरुमा नारायणी माविका जेनिसा सारु र सर्वजित आचार्य, लिटिल फ्लावरकी सोनिया वंशल, स्मल हेभन मोडल स्कुलका असिम सिलवाल, बालकुमारी इंग्लिस स्कुलकी शुभेच्छा गुप्ता, आदिकवि भानु माविका अनिस सुनार र इडन गार्डेन इंग्लिस स्कुलकी प्रिस्मा साह छन् ।

पुरस्कृत विद्यार्थीहरुलाई लायन्स क्लब ३२५ आरका गभर्नर दीनानाथ न्यौपाने, नारायणगढ लायन्स क्लबका अध्यक्ष राजु पिया, नारायणी कला मन्दिरका अध्यक्ष रोहित श्रेष्ठ, लियो क्लब अफ नारायणगढकी अध्यक्ष प्रशंसा जोशी लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

भरतपुर महानगरभित्रका १७ वटा विद्यालयबाट ५८ जना विद्यार्थी प्रतियोगितामा सहभागी भएका थिए । उनीहरुले सिसाकलमले कागजमा चित्र कोरेका थिए । प्रतियोगिताको निर्णायकमा चित्रकारहरु प्रमेश कँडेल, वरुणबाबु घिमिरे र सन्तोष श्रेष्ठ थिए ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु