अमलेखगन्ज प्रहरीद्वारा अवैध मदिरा नष्ट

बारा – अमलेखगन्ज प्रहरीले ७५० लिटर अवैध मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यलय अमलेखगन्जका प्रमुख वरिष्ठ सई टेकबहादुर कार्कीको कमाण्डमा अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिए ।

हेटौँडाबाट बाराहुँदै वीरगन्ज जाने सवारीसाधनलाई जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्ज चोकमा जाँच गर्दा अवैध मदिरा फेला परेको थियो । भारत तस्करी गर्न लागिएको सोही मदिरा नष्ट गरिएको हो ।

बारा प्रहरीका अनुसार, २१ प्लास्टिकका पोका तथा पाँच ग्यालेनमा राखेर भारत लगिँदै गरेको घरेलु मदिरा बरामद भएको हो ।

शुक्रबारमात्रै बारा प्रहरीले नौ बिगाहामा अवैधरूपमा लगाएको गाँजासमेत फडानी गरेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु