भन्सार छलेर ल्याइएका लाखौँ रुपैयाँका सामान बरामद

वीरगञ्ज – भन्सार छलेर ल्याइएका लाखौं रुपैयाँका सामान वडा प्रहरी कार्यालय श्रीपुर, पर्साले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय श्रीपुरले आफ्नो कार्यक्षेत्रबाट ५ लाख ५० हजार रुपैयाँ बराबरका किराना सामान, विभिन्न चकलेट तथा रेडिमेड कपडा बरामद गरेको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले आफ्नो कमान्डमा खटिएको टोलीले विभिन्न मितिमा भन्सार छलिएका ती सामानहरु बरामद गरेको जानकारी दिए । बरामद सामनहरु आवश्यक कानुनी कार्वाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रहरी निरीक्षक बस्नेतले अपराध अनुसन्धान, चोरी पैठारी, तस्करी जस्ता गैरकानुनी कारोबार नियन्त्रण गरेर शान्ति सुरक्षा कायम राख्न अहम भूमिका खेलेका छन् । बस्नेत आएदेखि वडा प्रहरी कार्यालय श्रीपुर अन्तर्गतका आमजनमानसले प्रहरीबाट अपेक्षा गरे अनुसारको शान्तिसुरक्षाको अनुभूति गर्न सकेका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखका रुपमा आएको केही महिनामा प्रहरी निरीक्षक बस्नेतको कमाण्डमा लाखौं रुपैयाँ राजश्व भन्सार दाखिला भएको छ ।

‘ग्रामीण भेगमा खुला सिमाना भएकोले सेवा निर्वाह गर्न चुनौतीपूर्ण हुने गर्छ, तैपनि अपराध अनुसन्धान तथा शान्तिसुरक्षामा स्थानीय जनमानसलाई छुट्टै अनुभुति दिएका छौँ’ प्रहरी निरीक्षक बस्नेतले बताए ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु