स्वर्ण महोत्सव मनाउँदै शरदपुर मावि

चितवन – भरतपुर महानगरपालिका-८, गौरीगञ्जमा रहेको शरदपुर माध्यमिक विद्यालयले विभन्न कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सवबारे जानकारी गराएको हो ।

स्वर्ण महोत्सव मूल कार्यक्रम फागुन १ गते हुनेछ । त्यसअघि माघ २७ गते शोभायात्रा, सांस्कृतिक कार्यक्रम र स्वर्ण महोत्सव उदघाटन समारोह  हुनेछ । माघ २८ देखि ३० गतेसम्म हाजिरीजवाफ, भलिबल, प्रतिभा प्रस्फुटनलगायत कार्यक्रम तय भएका छन् ।

स्वर्ण महोत्सव सफल पार्न र विद्यालयको नाममा अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग स्वघोषणा अभियान चलाइएको छ । अभियान अन्तर्गत हालसम्म १५ लाख रूपैयाँभन्दा बढी रकम संकलन भइसकेको प्रधानाध्यापक भोलानाथ सापकोटाले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक जगन्नाथ कँडेलले २ लाख ५१ हजार १ सय ५१ रूपैयाँ र प्रधानाध्यापक सापकोटाले १ लाख १ हजार १ सय ११ रूपैयाँ दान स्वघोषणा गरेका छन् । विद्यालयका केही शिक्षकले पनि स्वघोषणा गरेका छन् ।

२०३१ सालमा स्थापना भएको शरदपुर माविमा नर्सरीदेखि १२ कक्षासम्म ७ सय ५० जना र प्राविधिकतर्फ ४६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा २९ जना शिक्षक र ७ जना कर्मचारी कार्यरत छन् ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु