रोटरी क्लब अफ बिरगंजद्वारा ३ सय मुसहर बालबालिकालाई न्यानो कपडा बितरण

बिरगंज –  रोटरी क्लब अफ बिरगंजले ३ सय मुसहर बालबालिकालाई न्यानो कपडा बितरण गरेको छ । पकहाँमैनपुर गाउँपालिका  वडा नम्बर ४ खेस्राहामा रहेका ३ सय मुसहर बालबालिकाहरुलाइ ट्र्याक सुट र टोपी लगायतको न्यानो कपडा बितरण गरिएको रोटरी क्लबबफ बिरगंजका अध्यक्ष निर्मल खत्रीले जानकारी दिए ।

क्लबले यस अघि पनि समस्यामा परेका गरीब, विपन्न तथा असहायहरुलाई सहयोग गर्दै आइरहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं पर्सा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अध्यक्ष खत्रीको कार्यकालमा रोटरी क्लब अफ बिरगंज  सामाजिक कार्यमा निकै नै सक्रिय रहेकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह समेत गरेका थिए । “रोटरी क्लब अफ बिरगंजका कारण खाना र नानाको लागि यत्तिकै बस्नुपरेको छैन, उहाँलाई जति नै धन्यवाद दिए पनि कमि हुन्छ, अध्यक्ष खत्रीको कार्यकाल अझ सुखद बितोस उनले बताए ” ।

न्यानो कपडा पाएकी एक बालकको आमा भन्छिन्  “हामीसँग पैसा हुँदैन, जाडोमा काम गर्न पनि सकिँएको छैन, यस्तो अवस्थामा उहाँहरुको यो सहयोगले हाम्रो आङ मात्र होइन जीवननै बचाउनुभएको छ ।”

कार्यक्रममा रोटरी क्लब अफ बिरगंजका सचिब राकेश मिश्रा, वडा अध्यक्ष ढेडी प्रसाद यादव, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, बिओपी लहावरथकरी ईन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक द्रोवन ढकाल, आयुस गुप्ताको उपस्तिथि रहेको थियो।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु