चितवन – चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले हात्तीलाई सास्ती नहोस् भन्ने कुराको सकारात्मक पक्षलाई ग्रहण गर्नुपर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँगको एक भेटमा उनले यस्तो बताएका हुन् ।
‘हात्ती बुद्धिमान प्राणी हो । उसले आफूलाई दुःख दिने, सताउने मानिस कुनचाहिँ हो भनेर मनमा राख्ने र पछि गएर आक्रमण गर्ने गरेको समेत पाइएको छ‘ डा. पन्तले भने, ‘एउटै सोचाइले मात्रै हात्तीले यस्तो गर्दैन, फरक सोचाइले यस्तो काम गर्छ । हामीले तालिम दिएर हात्तीलाई उपयोगमा ल्याएका छौँ । यदि राम्रोसँग व्यवस्थापन गर्न सकिएन भने जोखिम भएका उदाहरणहरु पनि छन् । कतिपय माहुते नै मरेका छन् ।’
महोत्सवका नाममा हात्तीलाई सास्ती भएको भन्ने विषयमा उठेका सवाललाई सकारात्मकरुपमा लिनुपर्ने उनले बताए । ‘मलाई व्यक्तिगतरुपमा लागेको के हो भने हात्तीलाई सास्ती नहोस् भन्ने कुराको सकारात्मक पक्षलाई ग्रहण गर्नुपर्छ’ डा. पन्तले भने ।


