मानव–वन्यजन्तु द्वन्द्व र जुनोटिक रोगबारे बहस

चितवन – पर्यटकीय क्षेत्र सौराहामा बिहीबार सञ्चारकर्मीहरुमाझ मानव–वन्यजन्तु द्वन्द्व र जुनोटिक रोगबारे बहस गरिएको छ । युएसएआइडीको सहयोगमा स्वास्थ्य लाइभले कार्यक्रमको आयोजना गरेको हो ।

‘मानव–वन्यजन्तु द्वन्द्वबारे अन्तरक्रिया र जुनोटिक रोग एवं एक स्वास्थ्य अवधारणा’ विषयक कार्यशालाको उद्घाटन सत्रको प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना रहेका थिए । अध्यक्ष ढुंगानाले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि एक स्वास्थ्य अवधारणा महत्वपूर्ण रहेको बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर गणेश पन्तले स्वस्थ पारिस्थितिक प्रणालीका लागि वन्यजन्तुको संरक्षण आवश्यक रहेको प्रष्ट पारे । उनले एक स्वास्थ्य अवधारणाको मूल कुरा मानव स्वास्थ्यलाई ध्यानमा राखेर पारिस्थितिक प्रणालीलाई कसरी स्वस्थ राख्ने भन्ने नै भएको धारणा व्यक्त गरे ।

वरिष्ठ पशु चिकित्सक डाक्टर कमलप्रसाद गैरेले दुई दशकअघि विश्वमा एक स्वास्थ्य अवधारणा आएपछि सरकारले ‘एक स्वास्थ्य नीति २०७६’ ल्याएको जानकारी गराए । विभिन्न खालका महामारीको नियन्त्रणका लागि एक स्वास्थ्य अवधारणा आएको उनले बताए । उनका अनुसार पशु स्वास्थ्य र मानव स्वास्थ्यबारेको संयु्क्त अवधारणा नै एक स्वास्थ्य अवधारणा भएको विचार व्यक्त गरे ।

कार्यशालामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले नेपालका जुनोटिक रोगहरुको बारेमा विस्तृत जानकारी गराएका थिए । यसैगरी जनस्वास्थ्य कार्यालय चितवनका रोग नियन्त्रण अधिकृत गुरुप्रसाद कँडेल, डा.सन्तोष दुलाल, चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेरिनरी अधिकृत डा. विजयकुमार श्रेष्ठ, पशु सेवा कार्यालय भरतपुरकी डाक्टर सबिना मिश्र, स्वास्थ्य लाइभका अध्यक्ष अर्जुन अधिकारीलगायतले एक स्वास्थ्यबारे आफ्ना धारणा राखेका थिए ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु