नारायणगढका व्यवसायी भन्छन् : आर्थिक मन्दी र युवाहरु बिदेश पलायन हुँदा चार्डपर्वमा पनि भएन व्यापार

चितवन – नेपालीहरुको महान चार्ड बिजया दशमी नजिकिदै छ । दसैंको सङ्घारमा पनि नारायणगढको मुख्य बजारमा खासै मानिसहरुको चहलपहल देखिदैन । यती बेला सबै भन्दा बढी चहलपहल हुने भनेकै कपडा, जुत्ताचप्पल, खाद्यान्न, भाँडाकुँडा, सुनचाँदी लगायतका पसलहरुमा हुन् । तर आशा गरे जस्तो व्यापार नभएपछि व्यवसायीहरु चिन्तित भएका छन् ।

विगत १२ बर्ष देखी नारायणगढको गङगोत्री मार्गमा गङगोत्री कलेक्सन सन्चालन गर्दै आएकी रोजना रेग्मिले चार्डपर्वमा पनि सोचेजस्तो व्यापार नहुँदा चिन्तित बनेकी छन् । । अधिंकाम्स युवावर्गहरु बैदेशिक रोजगारका लागि विदेश पलायन हुँदा र नेपालमा आर्थिक मन्दिका कारण बजारमा अहिले व्यापार नभएको उनको भनाई छ ।

विगतका वर्षहरुमा भन्दा अहिले ९८ प्रतिशत व्यापार कम भएको उनले बताइन् । गत वर्षहरुलाई सम्जिदै उनी भन्छिन्, “नेपालमा ठुलो भुकप्प गयो, कोरोनाको महामारी आयो त्यो समयमा बरु व्यापार हुन्थियो, अहिलेका वर्षहरुमा व्यापार नै हुन सकेको छैन” ।

एकातिर वजारमा मानिसहरुको चहलपहल नै छैन, साझ विहान केही मानिसहरुको चहलपहल हुन्छ, चहलपहल भए पनि मानिसहरु पसलमा सामान खरिद गर्न भनेर आउनेको संख्या न्युन छ ।

No description available.वजारमा किनमेल गर्ने भनेकै युवावर्ग हुन् । उनिहरु सबै विदेश पलायन भईसके कतीपय मानिसहरुमा आर्थिक मन्दिका कारण चाहाना हुँदा हुँदै पनि आवश्यकता अनुसार सामान किन्न सकेका छैनन् । त्यसको प्रत्यक्ष असर व्यापार विजनेशमा परेको उनको भनाई छ ।

Forbes

आर्थिक मन्दिका कारण कतिपय व्यवसायीहरुले पसल नै छोडिसके, भएकाहरुको पनि व्यापार छैन । बैकको चर्को व्याजका कारण व्यापार गरेर खानेहरुलाई अहिले निकै समस्या परेको उनको भनाई छ । नेपालमा यस्तै खालको आर्थिक मन्दी रहिरहने र बैदेशिक रोजगारका लागि सबै युवा बिदेशिने हो भने, अझै पनि कती व्यवसायी पलायन हुने अवस्था आउन सक्ने उनको भनाई छ ।

No description available.त्यस्तै २२ बर्षदेखी नारायणगढको प्रगतिपथमा भाडा पसल सन्चालन गर्दै आएका सन्तोष राज बिष्टको भनाई पनि रोजना रेग्मिको जस्तै छ । आर्थिक मन्दी र युवाहरु बिदेश पलायन हुँदा ब्यापार हुन नसकेको उनि बताउछन् । बिगत दुई बर्षदेखी ब्यापार खस्किदै गएको छ । बिगतका बर्षहरुको व्यापार र अहिलेको ब्यापार तुलना गर्नै नसकिने उनको भनाइ छ ।

उनी भन्छन्, “पछील्लो समय दिनानुदिन व्यापार घट्दै गएको छ । अहिलेको व्यापारबाट सन्तुष्ट हुन सकिएको छैन।” युवाहरु धमाधम बिदेश पलायन हुँदा बजारमा मानिसहरु कम छन् । खर्च गर्न सक्ने, दक्ष जनशक्ती, आर्थिक उपार्जन गर्न सक्ने युवा बिदेशिदा हामीले सामान कस्लाई बिच्ने ? उनी प्रश्न गर्छन् ।

उनले व्यापार बिजनेश चलायमान बनाउन सरकारले नेपालमै उधोग धन्दा, कलकारखाना खोलेर युवाहरुलाई नेपालमै रोजगार दिने व्यवस्था मिलाउने र बिदेशमा जस्तै पार्टटाईम जबको व्यवस्था गर्नुपर्ने बताउछन् ।

No description available.त्यस्तै नारायणगढको गङगोत्री मार्गमा विगत १६ बर्ष देखी सप्तगण्डकी सुज हाउस सन्चालन गर्दै आएका मिन कुमार श्रेष्ठले बिगतको तुलनामा अहिले बजारमा ब्यापार हुन नसकेको बताउछन् । उनले १६ बर्ष अघीको व्यापार र अहिलेको व्यापार सोही अनुपातमा हुन गएको बताए ।

नयाँ नयाँ, फेसन फेसनका जुत्ता लगाउने युवाहरु हुन्, हाल युवाहरु नेपालमा नरहदा यसको असर व्यापारमा परेको उनी बताउछन् । यतीका लामो समय व्यापार गरे तर ब्यापार दिन दिनै घट्दै जादा र सोचेजस्तो व्यापार नहुँदा व्यापारिहरुमा अर्को पेशा रोज्नु वा बिदेश जाने सोच आउनु दु:खद भएको बताउछन् ।

त्यस्तै उनले नेपालमा आर्थिक मन्दी हुँदै जानु र अर्को तर्फ स्थानिय सरकारले बजारको व्यापार, व्यवसायिलाई ध्यानमा नराखी एक्स्पो, जुत्ता चप्पल मेला, सन्चालन गर्दा व्यावसायिहरुलाई थप समस्या परेको बताउछन् ।

No description available.त्यस्तै नारायणगढको प्रगतीपथमा जीवन जोती सुनचाँदी पसल सन्चालन गर्दै आएका नेपाल सुनचाँदी व्यावसायी संघ चितवनका पुर्व अध्यक्ष एवम् नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य जीवन जोती सदा शंकरले पछील्लो समय अन्य ब्यापार जस्तै सुनचाँदीको व्यापार घट्दै गएको बताउछन् ।

पुर्खौली पेशालाई निरन्तरता दिदै आएका उनले आर्थिक गतिविधि सही तरिकाले चलायमान हुन नसक्दा चितवन लगाएत देशैभर अहिले सुनचाँदीको व्यापार अस्तव्यस्त भएको बताए ।

उनी भन्छन्, “सुनचाँदी नागरिकको पहिलो प्राथमिकतामा पर्दैन । अन्य आधारभुत आवश्यकता पुरा भईसकेपछी मात्र सुनचाँदी प्रती मानिसहरुको चासो हुने गर्छ ।” त्यसकारण सुनचाँदी व्यवसाय उकासिन देशको समग्र अर्थतन्त्र सुध्रिदै जानु र “सुनचाँदी व्यबसायमा राम्रो निती नियम लागु हुनुपर्ने उनको भनाई छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु