जाडोमा छालामा कस्ता समस्या देखिन्छन् ? यी हुन् बच्ने उपाए

चितवन – देशभर चिसो बढ्दैछ। चिसोले जनजीवन प्रभावित भइरहेको छ । चिसो बढेसँगै छालामा बिभिन्न किसिममा समस्या पनि देखा पर्ने गर्दछ । मौसम परिवर्तनसँगै छालाका समस्या पनि थपिदै जान्छ ।

त्यसैले जाडो मौसममा गर्मीमा भन्दा छालालाई अझ बढी स्याहार गर्नुपर्ने हुन्छ । जाडो मौसममा छालामा के कस्ता समस्या देखिन्छन्, छालाको कसरी हेरचाह गर्ने र यसबाट बच्न के गर्नु पर्छ जस्ता बिषयमा भरतपुर अस्पतालकी छाला रोग बिशेषज्ञ डाक्टर एकता बरालसँग एटुजेडकर्मी अस्मिता पराजुलीले गरेको कुराकानी :

जाडो मौसममा छालामा के कस्ता समस्या देखिन्छन् ?

जाडोमा बाहिरी चिसो र हाम्रो शरिरको तापक्रम तातो हुने भएकोले सन्तुलन मिल्दैन जसको कारण जाडोमा चिसो स्याँठले छालाको सुख्खापन बढाउँछ । चिसो वातावरण र सुख्खा हावाले गर्दा छालाको नरमपन खोसिने गर्छ ।

यस अवस्थामा ओठ फुट्ने, अनुहार फुट्ने, कपालमा चाँया आउने, छाला सुख्खा हुने, फुस्रो हुने, एलर्जी हुने, चाउरी परेको जस्तो हुने, छाला रातो हुने,औँला सुनिने साथै चिलाउने जस्ता समस्याहरु देखा पर्दछन् ।जसले सौन्दर्यमा ह्रास ल्याउनुका साथै अस्वस्थ पनि बनाउछ ।

Forbes

जाडो मौसमा किन फुट्छ ओठ, यसको हेरचाह कसरी गर्ने ?

बाहिरी बातावरण र शरीरको तापक्रमको कारण जाडोमा ओठ सुख्खा हुने गर्छ । जाडो मौसममा अन्य समयमा भन्दा कम पानी पिउने गरिन्छ । त्यसकारण पनि ओठ फुट्ने गर्छ । यसको हेरचाहको लागि ओठमा समय समयमा लिपगार्ड र चिल्लोयुक्त पदार्थको प्रयोग गर्नुपर्छ । साथै प्रशस्त मात्रामा पानी, झोलयुक्त खाने कुरा, रसिलो फलफुल र हरियो सागपात प्रयाप्त मात्रामा खानुपर्छ । यसले ओठको सुरक्षा गर्छ।

जाडो मौसमा अनुहारमा के समस्या देखिन्छन्,यसको हेरचाह कसरी गर्ने ?

जाडो मौसममा अनुहार खुल्ला हुने भएको कारण बाहिरी हावाले सिधै भेट्ने गर्छ, हामीले अनुहारमा केही पनि नलगाउने अर्थात नढाक्ने हुँदा सिधै यसको असर अनुहारको छालामा पर्न जान्छ । जसकारण अनुहार सुख्खा हुने, फुट्ने, पोतोहरु आउने, चाया परे जस्तो हुने, छाला पत्रपत्र हुने जस्ता समस्या हुने गरेको पाइन्छ । अनुहारको हेरचाहको लागि हामीले धेरैमात्रामा चिल्लो मोस्चराइजर, दिनमा ३ पटक सम्म मजाले चिल्लो निस्कने गरी सन्स क्रिम लगाउने, सिधै घाम पर्ने गरी नबस्ने, कपडाले अनुहारलाई छोपेर मात्र घाममा बस्ने गर्नुपर्छ । यसले अनुहारको सुरक्षा गर्छ ।

जाडो मौसममा कपालमा के कस्ता समस्या देखिन्छन् ? यसको हेरचाह कसरी गर्ने ?

जाडोमा घाम तापेर बस्ने गरिन्छ । तातोपानीको प्रयोग गर्दा हाम्रो शरीरबाट चिल्लो निस्कन पाउदैन । जसकारण फुर्सो भई, कपाल सुख्खा र रुखो हुने, त्वचाको कोमलता हराउने हुन्छ । यसले कपालमा चाया पर्ने समस्या हुन्छ। कपालको हेरचाहको लागि नरम, चिल्लो खालको सेम्फु प्रयोग गर्ने साथै कपालमा तोरिको तेल, नरिवलको तेलको प्रयोग गर्ने गर्नुपर्छ ।

जाडोमा हात खुट्टा र शरीरमा के कस्ता समस्या देखिन्छन् ? यसबाट बच्न के गर्नु पर्छ ?

चिसोमा अधिकांश मानिसहरु घाम ताप्ने, आगो ताप्ने तथा तातो पानीको प्रयोग गर्दा हात खुट्टा शरीर रुखो हुन्ने, एलर्जी हुने, सुख्खापनले चाउरिपना देखीने, हात खुट्टा सुनिने, रातो हुने जस्ता समस्या देखिने गर्छ । यसको हेरचाहको लागि नुहाउदा धेरै तातो पानी प्रयोग नगर्ने, मन तातो पानी प्रयोग गर्ने, सिधै घाम पर्ने गरी नबस्ने, घाममा बस्दा शरीर ढाकिने कपडा लगाउने, नुहाए पश्चात लुगा लगाउनु भन्दा अगाडि नरिवलको तेल, बढी लोसनहरुको प्रयोग गर्ने । जसले छालाई नरम राख्न मद्त गर्छ । सुक्खा भई सकेपछी भन्दा पनि नुहाउने बित्तिकै भिजेको शरीरमा बढी लोसनहरु लगाउदा राम्रो हुन्छ। त्यस्तै हातखुट्टाको सुरक्षाको लागि मोस्चराइजर लगाउने बढी चिल्लो लगाउने, नरम खालको साबुन प्रयोग गर्ने गर्नुपर्छ ।

जाडोमा साबुन र फेसवासको कत्तिको प्रयोग गर्न हुन्छ ?

जाडोमा सकेसम्म्म साबुन र फेसवास कम प्रयोग गर्नु पर्छ । जाडोमा साबुनको प्रयोगले छालामा सेतो आउने, झन सुक्खा बनाउँछ । नरम साबुन, लोसन मिसियको साबुन, ग्लिसरिन तथा एलोबेरा मिसिएको साबुनहरु प्रयोग गर्नु पर्छ । जाडोमा अनुहारमा फेसवास पनि धेरै प्रयोग गर्न हुँदैन । गर्मिमा २ पटक फेसवास प्रयोग गरिन्छ भने जाडोमा अनुहारको छाला अनुसार दिनमा एक पटक प्रयोग गर्नुपर्छ ।

त्यस्तै जाडोमा कतिपय बाक्लो लुगा तथा उनिको कपडा लगाएर सुत्ने गर्छन् । जाडोमा त्यसरी बाक्लो कपडा लगाएर सुत्न हुँदैन । उनिको बाक्लो कपडा लगाएर सुत्दा शरीरमा एलर्जी हुने, शरीर चिलाउने हुन सक्छ । सकेसम्म रातिमा उनिको कपडा नलगाउने, लगाउन परेमा भित्रबाट सुतिको कपडा लगाउनु पर्छ । साथै जाडोमा छाला स्याहारसुसारमा ध्यान दिनुपर्छ । बाहिर हिड्दा हावा नछिर्ने गरी लुगा लगाउने, हातमा पन्जा, टोपी, मखलहरु लगाउने गर्नुपर्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु