चितवनमा नक्कली सिआइडी बनेर चोरी, ६ पक्राउ

एटुजेड समाचार

चितवन – चितवनमा नक्कली सिआइडी बनेर चोरी गर्ने ६ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका १० सिनर्जीचोक स्थित शुष्मा गुरुङको घरमा नक्कली सिआइडी बनेर चोरी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गोरखा घर भइ हाल भरतपुर ११ मा बस्ने २२ वर्षीय बिमल गुरुङ, सोही स्थानका २५ वर्षीय सागर कुमाल, बाग्लुङको जमैनी घर भई हाल भरतपुर ११ मै बस्ने २४ वर्षीय जीवन पौडेल, सोही स्थानका २० वर्षीय समिर कुमाल, २१ वर्षीय सन्दिप गुरुङ र भरतपुर १० का २२ वर्षीय निर्दोष थापा क्षेत्री रहेका छन् ।

शुक्रबार उनिहरु मध्ये बिमल गुरुङ र सागर कुमालले आफुहरुलाई सिआइडी बताउदै स्थानीय शुष्मा गुरुङ घरमा प्रवेश गरी एक थान चाँदीको बाला र ४६ हजार रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुई जना सिआइडी भन्दै घर भित्र प्रवेश गरेको र बाँकी चार जना घर बाहिर बसेको प्रहरीले जनाएको छ ।

आफुलाई सिआइडी बताउने गुरुङ र कुमाललाई पक्राउ गरी सोधपुछ गर्दा घटनामा अन्य व्यक्तिको पनि संलग्नता पाएकोले चोरी गर्दा घर बाहिर बसेका ४ जनालाई पनि पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी सरोज गिरीले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु