चितवन – गायक ओम सुनार र गायिका एलिना चौहानको आवाजमा ‘फूल भन्दा’ म्युजिक भिडियो सार्बजनिक भएको छ। ओम सुनारको शब्द, संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोमा सुशान्त बसेलको सम्पादन र कृष्ण पाण्डेको छायाँकन रहेको छ ।
यस भिडियोमा अहिलेको चर्चित नायिका प्रियंका कार्की र विकेश शाहीको अभियनय देख्न सकिन्छ । कविराज गहतराजले निर्देशन गरेको यस भिडियोलाई राकेश शाहीले कोरीयोग्राफर गरेका हुन् र सुरज लामाले ड्रोने अप्रेटर गरेका हुन।
‘फूल भन्दा’ गीतलाई ओ एस आर डिजिटल अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।


