अस्मिता पराजुली,
चितवन – चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक बर्षमा ५१ वन्यजन्तु मरेका छन् । चालु आर्थिक बर्ष २०७७ – ७८ को मंसिर दोस्रो सातासम्म निकुञ्जमा ५१ वन्यजन्तु मरेका हुन् ।
निकुञ्जका अनुसार मृत्यु हुनेमा सबैभन्दा धेरै गैंडा छन् । चालु आर्थिक बर्षमा मात्रै १७ गैंडा मरेका छन्। जसमा १७ मध्य ४ वटा चोरी सिकारीबाट मरेका छन् भने १३ वटा प्राकृतिक कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ । पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै निकुञ्जले संरक्षणको लागि गम्भीरर्तापुर्वक अध्ययन छलफल थालेको छ ।
त्यसै गरी १६ वटा चित्तल मरेका छन् । जसमध्य ११ वटा कुकुरको आक्रमणबाट तथा ६ वटा मेसजालिमा अड्किएर र बच्चा जन्माउन नसकेर मरेका छन् ।
यस्तै चितुवाको आक्रमणबाट ५ वटा बदेल, रोग लागेर ३ वटा हात्ती, २ वटा चितुवा, २ वटा रतुवा, १ वटा जरायो, १ वटा लगुना, १ वटा दुम्सी, १ वटा बाँदर र १ वटा कछुवा मरेका छन् ।
यिनीहरु मध्य केही सडक दुर्घटना, वन्यजन्तुको आक्रमण, चोटपटक लागेर, निकुञ्जले तारमा अल्झेर तथा केही उपचारका क्रममा मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सवारि दुर्घटना र अन्य जनावरको आक्रमणबाट बन्यजन्तुको मृत्यु हुने गरेकोले संरक्षणका लागि काडे तार तथा मेसजाली लगाइएको बताए ।
कतीपय बन्यजन्तु निकुन्जकै मेसजालीमा ठोक्किएर मर्ने गरेको हुँदा ति जालिहरुलाई पनि व्यबस्थित गर्न लागिएको बताए । बन्यजन्तु चोरी शिकार नियन्त्रणका लागि आसपासका बस्तीमा विषेश निगरानी समेत बढाएको उनले बताए ।


