हरेक बर्ष किन डुबानमा पर्छ भरतपुर महानगर ? जनप्रतिनिधीसंँग छैन दिर्घकालिन योजना

अस्मिता पराजुली, चितवन – देशकै केन्द्र विन्दु र विकसित शहरको रुपमा परिचित भरतपुर महानगरपालिका बर्षायाममा पानी पर्दा बर्षेनी डुबानमा पर्दै आएको छ । स्थानीय जनप्रतिनिधिले विकासका चर्का भाषण गरेपनि कार्यन्वयन गर्न भने सकेका छैनन् जसका कारण महानगरवासीले बर्षेनी सास्ती खेप्नु परेको छ ।

महानगरका  ७,८,९,१०,११,१२ लगायतका वडाहरु यतिखेर चुर्लुम्म डुबेका छन् । दुई ठुला नदी नारायणी र राप्ती बढेर बाढी पस्नु त व्यग्लै कुरा छ तर नदी नाला नभएका सुगम ठाउँमा पनि एक दुई दिन परेको आकाशे पानी घर भित्रै पसेर डुबानमा पर्नु चिन्ताको बिषय बनेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १० का एक स्थानीयले विकासको लागि काम गर्ने प्रतिबद्धता जनाए पनि जनप्रतिनिधिले पानीको निकासको लागि पहल नगरेको गुनासो गर्छन् । ‘ बर्षेनी पानी घरभित्र छिर्छ जति भनेपनि जनप्रतिनिधिले सुन्दैनन् ।’ डुबानका बेला यसको निकासको लागि प्रतिबद्धता व्यक्त गरेपनि हालसम्म उनीहरुले वेवास्ता गरेको उनले बताए ।

No description available.

जीर्ण संरचनाका कारण डुबानमा

बर्षेनी भरतपुर महानगरपालिकामा जनघनत्व बढदै गईरहेको छ । दिनहुंँजसो नयांँ संरचना बनाइने क्रम बढदो छ । अव्यवस्थित शहरीकरण र कमजोर संरचनाका कारण हरेक बर्ष बस्तीहरु डुबानमा परेका हुन् । ठूला ठूला महल, घर निर्माण गरिएपनि बर्षामा आउने पानीको निकासका लागि बलियो संरचना नहुंँदा जनताले दुःख झेल्दै आएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ७ का अर्का स्थानीय ढल, कुलो, नाला व्यबस्थापनामा कमजोरिका कारण यस्तो अवस्था भोग्नु परेको बताउंँछन् । पछिल्लो समय पानीको निकास हुने नहर कुलो पुरिदै गएका छन् । उनले भने, सही इञ्जिनियरिङ्ग प्रविधिबाट ढल नालाको व्यवस्था पनि भएकोे छैन ।

पानीको निकासका लागि चाहिने पूर्वाधार पहिले बनाउनुको सट्टा बाटोको स्तरोन्नती, अव्यवस्थित पार्किङ्ग र अन्य सार्वजनिक भवन निर्माण गरिएका कारण बर्षेनी डुबानमा परेको उनले बताए । तर महानगरपालिकाले शहरलाई स्मार्टसिटी बनाउने नारा पटक पटक लगाए पनि नत यसको लागि वजेटनै पर्याप्त छुट्याएको छ नत महानगरसँग दिर्घकालीन योजना नै छ ।

No description available.

आउंँदो हिउंँदसम्म निकास दिन्छौं : जनप्रतिनिधि

महानगरका शहरी क्षेत्रका वडाहरुमा डुबानमा परेर सर्वत्र आलोचना र आक्रोश भएपछि उनीहरुले आउंँदो हिउंँदसम्म यसको निकास गर्ने बताएका छन् । अव्यस्थित बसोबास र पहिले रहेका घोलहरु अतिक्रमण हुँदा र पुरिंँदा बर्षेनी चुनौती थपिदै गएको जनप्रतिनिधिको भनाई छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बाबुराम अधिकारीले घोल पुरेर पलटिङ् गर्दा र अव्यबस्तित बसोबास गर्दा बर्षेनी आफ्नो वडा डुबान पर्ने गरेको बताए । ‘जनताहरुले घर बनाउँदा पानीको निकास नछोडी पानी बग्ने ठाउँ पुरेर बाटो देखी घर सम्मै ढलान गरेर बनाउँदा  डुबानमा पर्ने समस्या भएको छ ।’ उनले भने । यसका लागि दिर्घकालिन योजना हुनुपर्ने भन्दै उनले आगामी दिनमा निश्चित मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने बताए ।

‘यसको अल्पकालिन समाधानको लागि केही नाला बनिसकेका छन् भने केहीमा बन्दै पनि छ ’उनले भने । यसै हिउँदमा सबै स्थानिय, टोलसुधारको समन्वयमा पानी निकासा गर्ने नाला, ढलको व्यबस्था गर्ने योजना रहेको उनको भनाई छ ।

वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर न्यौपानेले अव्यबस्थित भौतिक संरचनाहरु तथा बिकास निर्माणका कार्यहरु यसका मुख्य कारण भएको बताउंँछन । ‘पहिले भएका ड्रेन र कुलोहरु मासिनु अर्को मुख्य कारण हो’ उनले भने । यसका लागि समयमै ध्यान दिएर दिर्घकालिन रुपमा समाधान गर्नुपर्ने उनको भनाई छ ।पानीको अल्पकालिन निकासका लागि वडा भित्रका सडकमा नाला तथा ढल निर्माण गर्नुपर्ने अन्य सडकमा ह्युमपाइप राखेर निकास गर्न सकिने बताउंँछन् ।

वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र मणी काफ्ले ‘वडा भित्रका बढी डुबान हुने ठाउंँमा अहिले छिट्टै ह्यु पाईप राखेर यसको समाधान गर्छौ उनले भने, कम डुबानमा पर्ने स्थानहरुमा छिट्टै नाला ड्रेन बनाएर समाधान गर्छौ’।

वडा नम्बर १२ का वडा अध्यक्ष नरेन्द्र कन्दवाले धेरै ठाउँमा बाटो पिच बन्दा पानी बग्ने ढल नभएको कारणले डुबानमा पर्ने गरेको बताउंँछन् । “समाधान नगरि हुँदैन यसको लागि योजना बनिरहेको छ। पानीको निकासको लागि सबै ठाउंँमा नालको व्यवस्था गर्दैर्छाैं।“ यसका लागि हामीले आउंँदो बजेटमा नाला तथा ढलमा बजेट निकासा गर्नुपर्ने उनले बताए ।

तर भरतपुर महानगरपालिकाका प्रवक्ता एबम् वडा नम्बर १० का वडा अध्यक्ष अरुण पीडित भण्डारीले भने, बर्षामा बाढी र डुबानमा पर्नु सामान्य बिषय भएको ग्रैह जिम्मेवारी जवाफ दिन्छन् । बर्षामा बाढी पहिरो नआए के आउंँछ त ? उनको जवाफ छ । तर अन्य वडामा भन्दा बढी वडा नम्बर १० मा रहेका सरकारी कार्यालय तथा अस्पताल समेत डुबानमा परेका छन् । अचम्मको कुरा त के छ भने उनकै वडा अगाडी रहेको गेष्ट हाउस चौर जलमग्न हुंँदा पनि उनले निकास गर्ने कुनै चासो देखाएका छैनन् ।

समाधानको लागि महानगरको फितलो कदम

महानगरले सबै भन्दा जोखिमा रहेको भरतपुर वडा २७ र २८ नजिक पर्ने नारायणी नदीले प्रत्यक्ष बढी असर गर्ने ठाउँहरुमा सकेसम्म नियन्त्रण गरेपनि आफ्नै वडाको पानीको निकासको लागि भने उदासीन छ । डुबानमा पर्ने भरतपुरका अन्य विभिन्न वडाहरुमा कसरी निकास गर्न सकिन्छ भन्ने पहल गरिरहेको बताएपनि व्यबहारिक रुपमा महानगरसंँग कुनै ठोस योजना छैन । तर महानगरपालिकाले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर काम गरिरहेको दाबी गर्दै आएको छ ।

प्रवक्ता पीडित भण्डारीले पुर्व पश्चिम राजमार्गमा ढल सहितको छ लेनको बाटो बन्दै गरेको,  बाइपास रोडमा ढल बन्दै गरेकोले विस्तारै समस्या समाधान हुँदै जाने बताए । आगामी बर्षमा महानगरका क्षेत्रहरुलाई डुबान पर्न नदिन अधिकतम स्रोत साधन प्रयोग गरिने उनको भनाई छ ।

महानगरका ड्रेन तथा ड्रिन ट्र्याकका निर्माण संयोजक इश्वर कुमार श्रेष्ठ ड्रेन पुरेर बाटो बनाउँदा, प्लटिङ् गरेर घर बनाउँदा अहिले भरतपुरका वडाहरुमा यस्तो समस्या थप देखिएको बताउंँछन् । ‘जनप्रतिनिधिले दिर्घकालीन सोच नगरि ड्रेन पुरेर बाटो बनाउँदा ड्रेन मासीएको छन् पुरिएका छन’ उनले भने । हाल यसको समस्याका लागि ड्रेनहरु खोल्ने र अत्यावश्यक स्थानमा नयाँ ड्रेन बनाउने तयारी गरिएको उनले जानकारी दिए ।

 

No description available.

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु