चितवनमा लकडाउनको अवधिमा आत्महत्याका घटना बढे, दुई जनाबिरुद्द दुरुत्साहन मुद्दा

अस्मिता पराजुली,

चितवन – कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको अवधिमा चितवनमा आत्महत्याका घटना ह्वातै बढेको छ । सामान्य अवस्था भन्दा लकडाउन भएको करिब ३ महिनाको अवधिमा आत्महत्याका घटना बढेको देखिएको छ । लकडाउन शुरु भएको २०७६ चैत्र ११ गतेदेखि जेठ मसान्तसम्मको अवधिमा चितवनमा ४२ जनाले आत्महत्या गरेका छन् ।

यि मध्य अधिकाशं घटना भरतपुर महानगरपालिका भित्रका रहेका छन् । लकडाउन भएको पहिलो महिना चैतमा मात्रै १४ जनाले आत्महत्या गरेका छन् । यस्तै बैशाखमा १८ र जेठमा १० जनाले आत्महत्या गरेका छन् । लकडाउनको समयमा सबै भन्दा बढी बैशाख महिनामा आत्महत्या गरेका छन् । लकडाउन खुकुलो भएसगै जेठ महिनामा भने आत्महत्या गर्नेको संख्या घटेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिका भित्र लकडाउनको अवधिमा २३ जनाले आत्महत्या गरेका छन् । रत्ननगरपालिकामा ११, कालिका नगरपालिकामा ३, माडी नगरपालिकामा ३ र ईच्छाकामना गाउँपालिकामा २ जनाले आत्महत्या गरेका हुन्।

आत्महत्या गर्नेमा १७ महिला, २२ पुरुष, १ बालक र २ बालिका रहेका छन् । आर्थिक वर्ष २०७६/०७७ शुरु भएदेखी फागुनसम्म ७२ जनाले आत्महत्या गरेका छन् । तर लकडाउन भएको करिब ३ महिनाको अवधिमै ४२ जनाले आत्महत्या गरेका हुन् । गत आर्थिक वर्ष २०७५/७६ मा १५७ जनाले आत्महत्या गरेका थिए ।

Forbes

गत आर्थिक वर्षको तुलनामा यस वर्ष आत्महत्याका घटना घटेको भए पनि लकडाउनको समयमा भने बढेको पाइएको छ । प्रहरीको तथ्याङ्क अनुसार झुन्डिएर ३३ र विष सेवन गरेर ९ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बयस्क उमेर समुहका व्यक्तीहरु बढी रहेका छन् ।

सामाजिक, परिवारिक र आर्थिक कारणले आत्महत्या गर्नेको संख्या बढी रहेको जिल्ला प्रहरी कार्यालयका चितवनका प्रवक्ता सुर्य थापाले बताए । उनले भने, “लकडाउनको समयमा मानिसहरु घरमै रहने, बाहिर जान नपाउने, काममा व्यस्त नहुने र विभिन्न पारिवारिक समस्याहरु उत्पन्न भई आत्महत्याका घटना बढेको हो ।”लकडाउनको समयमा घर भित्रै बसिरहदा मानसिक तनाव उत्पन्न हुने र घरायसी विबाद झैझगडा हुँदा आत्महत्याका घटना बढेको प्रवक्ता थापाले बताए ।

दुरुत्साहनका दुई मुद्दा

लकडाउनको समयमा जिल्ला प्रहरी कार्यलय चितवनमा आत्महत्या दुरुत्साहनका २ वटा घटना दर्ता भएका छन् । जेठ २१ गते भरतपुर महानगरपालिका २१ रतनपुरकी एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी थिईन् । श्रीमानले आत्महत्या गर्न बाध्य पारेकोे भन्दै मृतक महिलाको माईती पक्षले ‘आत्महत्या दुरुत्साहन’को किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरी अदालतले पुरपक्षका लागि कारागार पठाईएको थापाले बताए ।

यस्तै जेठ २९ गते भरतपुर महानगरपालिका १२ की एक महिलाले झुण्डिएर आत्महत्या गरेकी थिईन् । श्रीमतीलाई झुण्डिएर आत्महत्या गर्न बाध्य पारेकोे भन्दै मृतक महिलाको माईती पक्षले ‘आत्महत्या दुरुत्साहन’ को किटानी जाहेरी दिएका थिए । ति ब्यक्तीलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु