अस्मिता पराजुली, चितवन – पछिल्लो समय प्रविधिको पहुंँच र विस्तारसंँगै चिठ्ठीपत्र आदानप्रदान गर्ने आकर्षणमा ठप्पै जस्तो भएको छ । केही बिशेष र सरकारी कामकाजका चिठीपत्रहरु मात्र आदानप्रदान हुदै आएको छ । सर्वसुलभ र इन्टरनेटको प्रयोगबाट सेवाग्राही यसको प्रयोग गर्न छाडेका छन् ।
चिठ्ठीपत्र भन्दा इमेल इन्टरनेटको प्रभावकारिता र पहुंँच बढेपछि मानिसहरुले यसको प्रयोग गर्न छाडेका हुन । तर केही बर्षअगाडि बाट भने हुलाक कार्यालयले आफूलाई परिस्कृत र परिमार्जित गर्दै लगेको छ । कार्यालयले पार्सल ,बैकिङ्ग सेवा मार्फत आफ्नो साख जोगाउने प्रणालीमा सुधार गर्दे लगेको छ ।
जिल्ला हुलाक कार्यालय चितवनमा भने व्यक्तिगत चिठ्ठीपत्र घटेपनि पार्सल सेवामा भने प्रभावकारिता बढ्दै गएको छ । सेवाग्राहीले आफ्ना महत्वपूर्ण सामान र चिठीपत्र सरकारी निकाय हुलाकमार्फत पठाउने गरेको कार्यालयकी सुचना अधिकृत नन्दा पौडेल बताउनुहुन्छ । उहाँका अनुसार कार्यालयले रजीष्ट्री चिठ्ठी, पुलिन्दा, पार्सल , बचत बैंक, ड्कुमेण्टहरुको एक्सप्रेस मेल सर्भिस (ईएमएस) अर्थात् द्रुत हुलाक सेवा सञ्चालन गर्दै आएको छ ।
हुलाकप्रति सेवाग्राहीको विश्वास नघटेको र तुलनात्मक रुपमा अन्य पार्सल कम्पनीहरुले सर्वसुलभ दरमा सेवा प्रदान गरेकोले पार्सलको चाप भने बढेको उहाँको भनाई छ । अधिकांश सरकारी तथा अन्य सेवाग्राहीले बढी महत्वपूर्ण कागजपत्र र सामान हुलाकमार्फत आदानप्रदान गर्ने हुँदा हुलाकको महत्व छुट्टै रहेको पौडेलले बताउनुभयो ।
बिदेशबाट समेत पार्सल कम्युटर, मोबाइल, टि.भि लगायत घरायसी सामान आउने क्रम बढेको उहाँले जानकारी दिनुभयो । ‘ चिठ्ठीपत्रको काम घटेपनि जिम्मेवारी र दायित्व पहिला भन्दा बढेकोे छ ।’ “उहाँले भन्नुभयो, जनतासम्म प्रभावकारी सेवा पुर्याउन सरकारको ध्यान नजानु , नीतिनियमहरु समायानुकुल परिवर्तन हुन नसक्दा हुलाकको चिठीपत्र सेवा प्रभावकारी नभएको हो ।”

सबै सरकारी कार्यालयको पुर्न संरचना हुदै गएको भएपनि हुलाकको भने पुर्व संरचनामा काम गर्नुपर्ने बाध्यतामा रहेको कार्यालयका प्रमुख नेत्रविलास पन्त बताउनुहुन्छ हाल आएर सरकारले हुलाकलाई प्राधिकरणमा लैजान तयारीमा छ उहाँले भन्नुभयो, “विस्तारै यसका अन्य सेवाहरु पनि प्रभावकारी हुनेछन् ।”
पछिल्लो समय आफ्ना सामानहरुको अवस्था बारे अनलाईन मार्फत सेवामा गुणस्तरीयाता र प्रभावकारी हुदै गएको पन्तले बताउनुभयो । जिल्ला हुलाक कार्यालयमा रहेका ४ वटा पार्सल ढुवानी गर्ने सवारी मार्फत, देशका सबै ठाउंँमाहरुमा सेवा प्रवाह गरेको छ ।
कार्यालयको तथ्यांक अनुसार आव. ०७४ / ७५ मा साधारण चिठी २ लाख २६ हजार ३ सय आदानप्रदान भएको थियो भने ०७५ / ७६ मा ६० हजार ४ सय ३९ आदान प्रदान भएको छ ।
रजिष्टरर्ड चिठ्ठी ०७४ / ७५ मा ५९ हजार ५ आदानप्रदान भएको थियो भने ०७५ / ७६ मा ७ हजार ६ सय ७१ आदानप्रदान भएको छ ।आर्थिक बर्ष पार्सल ०७४ / ७५ मा ५ सय ५ आदानप्रदान भएको थियो भने ०७५ / ७६ मा ९ सय ५४ आदानप्रदान भएको छ । ईएमएस ०७४ / ७५ मा ६ सय ८१ आदानप्रदान भएको थियो भने ०७५ / ७६ मा ८ सय ६६ आदानप्रदान भएको छ ।
चितवन जिल्लामा रहेको एक जिल्ला हुलाक सहित १३ इलाका हुलाक, २५ अतिरिक्त हुलाक गरी ३९ सेवा कार्यलय रहेका छन् । सम्पुर्ण कार्यालयमा १९८ भन्दा बढी कर्मचारी रहेका छन । नेपालमा वि . स १९३५ सालमा हुलाक स्थापना भएको थियो भने चितवनमा २०३२ सालबाट सेवा सञ्चालनमा आएको हो ।


