इलाम, कार्तिक ३० – भारतले अतिक्रमण गरेको इलामको सन्दकपुरमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले भारतीय सिमा सुरक्षा बल (एसएसबी) सँग प्रतिकार गर्दै नेपालको राष्ट्रिय झन्डा फहराएको छ । कब्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विद्यार्थीहरूले नाराजुलुस पनि गरेका थिए ।
केही समय अगाडि गाउँपालिकाले सुरू गरेको भ्यु टावर निर्माण अवरुद्ध गर्दै भारतीय सीमा सुरक्षा बलले त्याे ठाउँ कब्जा गरेको थियोे । कब्जा गरेको जमिनमा आज (शनिवार) अनेरास्ववियुले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बल प्रयोग गरेपछि (एसएसबी) र अनेरास्ववियुका कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो ।
झडपमा सीमा सुरक्षा बल (एसएसबी) का एक जवान सामान्य घाइते भएका छन् ।अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलीले भारतले निषेधित क्षेत्र भनेर लेखेको बाेर्डसमेत भत्काएर फ्याँकिदिएका छन् ।


