भारतबिरुद्द प्रदर्शनमा उत्रिएका विप्लवका २ दर्जन बढी विद्यार्थी नेता पक्राउ

एटुजेड समाचार

काठमाडौं, कार्तिक २४ – नेपाली भूमीलाई समावेश गरी भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा प्रर्दशनमा उत्रिएका सरकारबाट प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी) मा आवद्ध दुई दर्जन बढी विद्यार्थी नेताहरु पक्राउ परेका छन्।

कालापानी-लिपुलेकलाई समावेश गरी भारतले सार्वजनिक गरेको नक्साको बिरोधमा आज (आइतबार) काठमाडौंको माईतीघर मण्डलामा विद्यालय तहका विद्यार्थीहरुसँगै व्यानरसहित विरोध प्रर्दशनमा उत्रिएका चन्द नेतृत्वको नेकपामा आवद्ध अखिल (क्रान्तिकारी) का नेता, कार्यकर्तालाई प्रहरीले विरोध प्रर्दशनस्थलबाटै पक्राउ गरेको हो ।

उनीहरुले भारतको विरोधमा प्रर्दशन गरिरहेका विभिन्न समूहहरुको बीचमा रहेर सरकारविरुद्ध समेत चर्का नाराबाजी गरिरहेका थिए । त्यसैबेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई नेपाल पुलिस क्लव र महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु