मासु खाने विषयमा विवाद हुँदा श्रीमानद्वारा श्रीमतीको हत्या

एटुजेड समाचार

लहान, कात्तिक २० – सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा एक महिलाको हत्या भएको छ । स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमती कवितादेवी पासवानको बन्चरो प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

बुधबार बिहान पासवानकी श्रीमति कविताले मासु किनेर खाने भन्दै श्रीमानसँग पैसा मागेकी थिईन् । तर श्रीमानले पैसा नदिएपछि सुरु भएको विवाद उग्र बन्दै हत्याको अवस्थामा पुगेको प्रहरीले जनाएको छ ।पासवानले घाँटीलगायत शरीरका विभिन्न भागमा बन्चरो प्रहार गरेसँगै उनको घटनास्थलमै मृत्यु हुन पुगेको प्रवक्ता बोहराले जानकारी दिए ।घटनापछि पासवान फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु