दिपावलीका लागि बालिएको दियोबाट ६ ठाउँमा आगलागी

एटुजेड समाचार

रौतहट, कात्तिक ११ – दिपावलीका लागि बालिएको दियोबाट रौतहटको ६ स्थानमा आगलागी भएको छ । त्यस्तै करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घटनामा लाखौंको क्षति भएको छ । गुजरा नगरपालिका ९ सिम्राभवानीपुरका छठु ठाकुरको दुईतले काठको घरमा भएको आगलागीमा अन्नपात र लताकपडा गरी दुई लाख रुपैयाँ बराबरको क्षति भएको रौतहटका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् ।

त्यस्तै बौधीमाई नगरपालिका वडानम्बर ६ का बिन्दाराय यादवको घर आगलागी हुँदा २ लाख, वडानम्बर ४ का लखिन्दर यादवको गोठ आगलागी हुँदा ४० हजार बराबर क्षति भएको छ ।उता मौलापुर नपा १ का बसन्त बैठाको कच्ची घरमा आगलागी हुँदा १ लाख ४० हजार, वडानम्बर ६ का हरेन्द्र महराको गोठ आलगागी हुँदा ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आइतबारै दुर्गाभगवती गापा ५ का लखिचन्द साहको  ५० हजार नगद तथा ४० हजार बराबरका कपडा जलेका छन् ।उता दिवालीमा वत्ति बाल्न बिद्युत जडान गर्ने क्रममा कटहरिया नपा १ का छठु महराका १८ बर्षीय छोरा हरिकिशोर महराको करेन्ट लागेर ज्यान गएको छ । चन्द्रपुर ६ स्थित आफन्तको घरमा बिद्युतको स्वीच जोडने क्रममा आईतवार महरालाई करेन्ट लागेको हो ।उनको तत्कालै उपचारका लागी चन्द्रपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी कबित कटुवालले जनाएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु