म्यानमारको जातीय विद्रोही समूहद्वारा ४० सुरक्षाकर्मी अपहरण

एटुजेड समाचार

कात्तिक १० – म्यानमारको जातीय रखाइन विद्रोही समूहले देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीलाई अपहरण गरेका छन् । सरकारी सेनाले स्थानीय आराकन सैनिक विद्रोहीका गतिविधि नियन्त्रणका लागि हजारौँको संख्यामा सुरक्षाकर्मी खटाएको छ ।

उक्त समूहले रखाइन बुद्धमार्गीहरूको थप स्वतन्त्रताका लागि संघर्ष गरिरहेको छ । सैनिक प्रवक्ता जा मिनतुनले जातीय युद्ध लड्दै आएका विद्रोहीको समूहले काममा खटिएका प्रहरी तथा सैनिक अधिकारीहरूलाई अपहरण गरेको पुष्टि गरे ।

उनले विद्रोहीले १० भन्दा बढी सेना र करिब ३० प्रहरीलाई अपहरण गरेको बताएका छन् ।अपहरणमा परेका सुरक्षाकर्मीको खोजीका लागि हेलिकोप्टर तथा स्थल अपरेसन तत्कालै गरेको भएपनि उनीहरूलाई अझै फिर्ता ल्याउन नसकिएको सैनिक प्रवक्ता मिनतुनले जानकारी दिए । यसबारे अराकन विद्रोहीसँग सम्पर्कका लागि प्रयास गरिएको भएपनि उनीहरू प्रतिक्रियाका लागि उपलब्ध हुनसकेका छैनन् । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु