चितवन पर्यटन विकास समितिका पूर्वअध्यक्ष मैनालीको ६३ वर्षको उमेरमा निधन

चितवन,कात्तिक ९ – चितवन पर्यटन विकास समितिका पूर्वअध्यक्ष दिलिप मैनालीको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित मैनालीको ६३ वर्षको उमेरमा भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गए राति निधन भएको हो ।
मैनाली विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको देवघाटमा अन्त्येष्टि गरिएको छ । उद्योग वाणिज्य संघ चितवनको सल्लाहकार समेत रहेका मैनाली दुई दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आवद्ध रहेका थिए । मैनालीले ७ वर्ष चितवन पर्यटन विकास समितिको अध्यक्ष भएर जिल्लाको पर्यटन विकासको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
तपाइँको प्रतिक्रिया