काठमाडौंमा पनि मनाइयो युएन डे

काठमाडौं,कात्तिक ७ – संयुक्त राष्ट्रसंघीय नियोगहरुले काठमाडौंमा पनि संघीय राष्ट्र संघ दिवस (यूएन डे) मनाएका छन् । वातावरण संरक्षणमा जोड दिँदै नियोगहरुले ‘यूएन डे’मनाएका हुन ।
यूएन डेको अवसर पारेर आज काठमाडौंको राष्ट्रियसभा गृहमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय नियोगहरुले विभिन्न स्टलहरुको प्रर्दशनी गर्दै वातावरण संरक्षण, मानव अधिकार, बालअधिकारलगायतका क्षेत्रमा काम गर्न सर्वसाधारणलाई पनि आह्वान गरेका हुन् ।
नेपालस्थित संयुक्त राष्ट्रसंघीय नियोगहरु यूएनसिएचआर, आईएलओलगायतका संघ संस्थाहरुले नेपालमा भइरहेका कामहरुको जानकारी गराउने उद्देश्यका साथ आफ्ना प्रचार सामग्रीहरुको पनि प्रर्दशनी गरेका थिए ।



प्रर्दशनीस्थलमा यूएनसँग आवद्ध नियोगका प्र्रमुखहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पनि प्रदान गरिएको थियो । संयुक्त राष्ट्रसंघ अन्तर्गतका नियोगहरुले नेपालमा मानवअधिकार, बालअधिकार, वातावरण संरक्षण, लिगींय समानतालगायतका क्षेत्रका काम गर्दै आएका छन्
तपाइँको प्रतिक्रिया