चितवन, कार्तिक २ – चितवन भेटेरान फुटबल क्लबले मित्र बन्धु भट्टराईलाई मानार्थ अध्यक्ष बनाएको छ । सानो गढी भरतपुरमा आयोजित एक कार्यक्रमकाबीच क्लबले चितवन स्थाई घर भई हाल युके बस्दै आएका भट्टराईलाई मानार्थ अध्यक्ष बनाएको हो ।
भट्टराईले देश बाहिर रहेर पनि क्लबका लागि आवश्यक सहयोग गर्दै आईरहेका छन् । यस्तै क्लबले गत असोज ४ गते देखी ७ गते सम्म आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबल प्रतियोगितामा महत्वपूर्ण योगदान गर्ने दुई जना सदस्यहरुलाई सम्मान गरेको छ । प्रतियोगितामा महत्वपूर्ण योगदान गर्ने सदस्यद्वय श्रीराम राना र अरुण ओन्तलाई क्लबले सम्मान गरेको हो ।
सोही कार्यक्रमकाबीच क्लबले आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ । चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की प्रमुख अतिथी रहेको कार्यक्रममा खेलकुद पत्रकार मन्च चितवनका अध्यक्ष बिनोद बाबु रिजाल, महासचिव दीपेन्द्र अधिकारी, चितवन भेटेरान क्लबका खेलाडी तथा पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।


