कार्तिक १, चितवन । तास खेलिरहेको अवस्थामा चितवन प्रहरीले आज सांँझ पांँच नगद ५६ हजार ७सय ५० सहित ६ जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार कालिका नगरपालिका वडा नम्बर ४ पदमपुर स्थित दुखीराम चौधरिको घरमा तास खेलिरहेको अवस्थामा घरधनी सहित ६ जना जुवाडे र नगद ५६ हजार ७सय ५० बरामद गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । ,


