उडान ढिला गरेको भन्दै सांसदद्वारा विमानस्थलमा तोडफोड: कारवाही नगरे उडान बन्द गर्ने चेतावनी

एटुजेड समाचार

असोज २७,काठमाडौं । राजपाका सांसद प्रमोद साहले उडान ढिला भएको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । सर्लाहीबाट निर्वाचित सांसद साहले उडान ढिला भएको भन्दै बुध्द एयरको काउन्टरमा तोडफोड गरेका थिए । वायुसेवा सञ्चालक संघ नेपालले विमानस्थलमा तोडफोड गर्ने सांसदलाई कारबाही नगरे जनकपुर उडान नगर्ने चेतावनी दिएको छ ।

राजपाका सांसद साहले जनकपुर विमानस्थलमा तोडफोड गरेपछि वायुसेवा सञ्चालक संघले भर्त्सना गर्दै दोषीलाई सातदिन भित्र कारबाहीको माग गरेको छ । नभए उडान नगर्ने चेतावनी दिएको छ । संघका अध्यक्ष क्या. रामेश्वर थापाले जारी गरेको विज्ञप्तिमा सोमबार जनकपुर विमानस्थलमा उडान ढिलो भएका कारण सांसद साहले बुद्द एअरको चेक इन काउन्टरमा तोडफोड गरेको तथा कम्पनीका कर्मचारीमाथि अभद्र व्यवहार गरेको उल्लेख छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु