वीरगञ्जको वाटर उद्योगमा आगलागी

एटुजेड समाचार

वीरगञ्ज, असोज २५ – वीरगञ्जको वाटर उद्योगमा आगलागी भएको छ । वीरगञ्जको महानगरपालिका-१० आदर्शनगर पानी ट्याङ्कीस्थित ओम साइ ड्रिंकिंग वाटर उधोगमा शुक्रबार विहान आगलागी भएको हो । आगलागीबाट करिब ४ करोड मुल्य बराबारको क्षती भएको प्रहरीले जनाएको छ ।

वीरगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाहरुको सहयोगमा आगलागी ३ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले आगो नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए ।आगलागीको कारण खुल्न नसकेपनि बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु