घरमा कोही नभएको मौका छोपी एक घरमा चोरी

एटुजेड समाचार

बाँके, असोज १९ – कोहलपुर नगरपालिका वडा नं १० मा रहेको एक घरमा गएराति चोरी भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुखको निवासदेखि अन्दाजी २०० मिटर दूरीमा रहेको घरमा चोरी भएको हो ।घरमा कोही नभएको मौका छोपी चोरी गरिएको खुल्न आएको छ ।

घरका सबै सदस्य बाहिर रहेको र नजिकैका अन्य घरमा समेत कोही नभएको समयमा गहना र नगद चोरी गर्ने उद्देश्यले घरमा चोर पसेको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख शाहीको अनुमान छ । घटनाको सम्बन्धमा अनुसन्धान गरी चोरको खोजी भइरहेको उनले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु