काठमाडौं,असोज १९ – यस वर्ष दशैंमा नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको छ । विभिन्न बैंकहरुबाट असोज १० गतेदेखि १७ गतेसम्म यो रकम वितरण गरिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।
राष्ट्र बैंकले एक जनालाई ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका एक एक प्याकेट गरी अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म साट्न सक्ने व्यवस्था मिलाएको थियो ।



गत वर्ष र यो वर्ष नोटको परिणाम बराबर रहेपनि यो वर्ष नोट साट्न असहज भएको सर्वसाधरणले गुनासो गरेका छन् । राष्ट्र बैंकले निजी र सरकारी बैंकबाट बराबर रकम बाडिएको जनाएको छ । तर निजी बैंकले केही दिनमा नै पैसा सकिएको बताएका थिए। बैंकले पैसा दिन नसकेपछि सर्वसाधरण १० प्रतिशत कमिसन दिएर व्यापारीसँगबाट समेत पैसा किन्न बााध्य भएका थिए ।